‘फाइभ स्टार’ मेनुमा ‘गुन्द्रुक र सिन्की’
स्टार होटलहरुमा चीनबाट आयात गरिएका गुणस्तरहीन गुन्द्रुक खुवाउने चलनलाई निरुत्साहित गर्नपर्छ। राट्रिय तरकारी भएको नाताले स्वदेशी उत्पादन खपत बढाउनुपर्छ। यही उद्देश्यले सरकारले थ्रि स्टारदेखि फाइभ स्टार होटलहरुमा नेपाली गुन्द्रुक अनिवार्य प्रयोग गर्नुपर्ने नीति लिनु जरुरी छ। जसरी अन्य सामग्रीहरु त्यहाँ ब्राण्ड मात्रै उपभोग गर्नुपर्छ भनिन्छ त्यसैगरी गुन्द्रुकलाई पनि कडाइकासाथ लागू गर्नुपर्छ।
                                बिएल संवाददाता - काठमाडौं