हिमाल खबर
माओवादी सशस्त्र द्वन्द्व सहभागी भएकै वेला विवाह गरेकी उर्मिला माझीले द्वन्द्वमै पति गुमाइन्। यद्यपि‚ नयाँ जीवन शुरू गरेर फेरि सपनाको बीउ रोपिन्। माओवादी शान्ति प्रक्रियामा आएको डेढ दशकपछि उनले राष्ट्रिय राजनीतिमा अवसर पाएकी छन्।
२०५६ सालको साउने संक्रान्तिको साँझ त्यो घटना नभएको भए उर्मिला माझी आज कहाँ हुन्थिन् होला? उनी आफैं भन्छिन्, “विवाह गरेर बच्चा हुर्काउँदै गृहस्थ जीवनमै सीमित हुन्थें।” अहिले उनी नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधि सभा सदस्य भएकी छन्। निकै लामो र घुमाउरो यात्राबाट उनी यहाँसम्म पुगेकी हुन् जसको शुरूआत थियो, २०५६ सालको त्यो घटना।
मुसलधारे पानी परिरहेको त्यस साँझ उनी परिवारसँगै बर्खे रोपाइँ सकेर घर फर्कंदै थिइन्। त्यति वेलै उनी र गाउँका अरू मानिसले देखे, थुप्रै प्रहरीहरूले दुई पुरुष र दुई महिला गरी चार जनालाई पक्राउ गरेर लैजाँदै थिए। अर्को दिन बिहानपख गाउँमा हल्ला फैलिएपछि उनी पनि अरूसँगै पछि लागेर बेसीको पिपलबोट पुगिन्। हिजो पक्राउ परेका दुई जना पुरुषलाई मारेर एउटै रूखको हाँगामा झुन्ड्याइएको थियो। गाउँलेले नै हल्ला गरेपछि उनले थाहा पाइन्, हिजो समातिएका दुई जना महिलाको पनि हत्या भइसकेको थियो। उनीहरूलाई बलात्कारपछि हत्या गरिएको गाउँलेको अड्कल थियो।
हाल काभ्रे खानीखोला गाउँपालिका–४ मा पर्ने जगथली माझी बस्तीमा प्रहरीद्वारा माओवादीको हत्या भएको त्यो घटना नै उर्मिलाको जीवनमा ठूलो घुम्ती बन्न पुग्यो।
१५ वर्षको उमेरमा देखेको त्यो घटना सम्झिँदै उर्मिला भन्छिन्, “आँखाअघि नै राक्षसी हत्या र त्यसमाथि महिलाहरूको बलात्कार भएको देखेपछि मनमा विद्रोह पलायो। मैले त्यही वेला आफ्नो लडाइँ मनैमन शुरू गरेछु।”
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया