रातोपाटी
नेपालमा २४० वर्षीय शाह वंशीय राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । यतिखेर एकातिर गणतन्त्रवादी शक्तिहरू गणतन्त्र दिवस (जेठ १५) मनाइरहेका छन् भने अर्कोतिर यसै दिनदेखि राजावादी शक्तिहरूले राजा फर्काउने आन्दोलनको घोषणा गरेका छन् ।
कुनै पनि राजनीतिक शक्तिले आन्दोलन, जुलुस र प्रदर्शन गर्ने अधिकार हाम्रो संविधानले नै सुनिश्चित गरेको छ । कुनै व्यवस्था, पार्टी वा संस्था सबल हुनु वा सङ्कटमा पर्नु नेतृत्त्वकर्तामा निर्भर रहन्छ । कुनै पनि व्यवस्थाको अस्तित्वको रक्षा मूलभूत रूपमा उसको आन्तरिक पक्षसँग अन्तर्सम्बन्धित हुन्छ ।
आजको समस्या गणतन्त्रवादीका कारण सिर्जना भएको हो वा अरू कसैले सिर्जना गरेको हो ? गणतान्त्रिक व्यवस्थामाथि के कारणले सङ्कट उत्पन्न भएको छ ? के हिजो राजतन्त्र हुँदा सु–व्यवस्था कायम थियो ? के राजतन्त्र हुँदा देशले विकासमा कायापलट गरेको थियो र अहिले बिग्रिएको हो ? राजतन्त्र पुनः स्थापनाका अन्तर्राष्ट्रिय दृष्टान्त के कस्ता छन् ? अहिलेको निराशाको कारण के हो ? के आजको युगमा राजतन्त्र फर्कन सम्भव छ ? के आजको समस्याको समाधान आफूलाई राजतन्त्रवादी वा राजावादी भन्नेहरूले दिन सक्छन् ? हाम्रो अगाडिको बाटो के हुन सक्छ ? हजारौँको बलिदान तथा लाखौँ मानिसको त्याग, तपस्या र योगदानबाट स्थापित गणतान्त्रिक व्यवस्थामाथि के साँच्चै सङ्कट छ त भन्ने विषयमा ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्ने प्रयास गरिएको छ ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया