बिएल संवाददाता
चिनियाँ कम्युनिस्ट पार्टीले भ्रष्टाचारविरुद्ध ब्यापक ‘शुद्धिकरण अभियान’ थालेको छ। यही अभियानका क्रममा लामो समयदेखि भ्रष्टाचारको आरोपमा मुछिएका नौजना सैन्य अधिकारीहरूलाई हालैमात्र पदमुक्त गरिएको थियो।
अब देशब्यापी यो अभियानको नेतृत्व उच्च सैन्यअधिकारी झाङ शेङमिनले गर्नेछन्। पार्टीले उनलाई दोस्रो उच्च श्रेणीको जनरलमा नियुक्त गरेको छ। उनी अब दोस्रो वरियताको उपाध्यक्ष र राष्ट्रपति सी चीनफिङपछिको चीनको तेस्रो सर्वोच्च नेताका रुपमा रहनेछन्।
गत साता चीनको रक्षामन्त्रालयमा सेनाभित्र ब्यापक र गम्भिर आर्थिक अपराधमा संलग्न भएको भन्दै नौजना सैन्य जनरलहरूलाई बर्खास्त गरेको थियो। पार्टीको केन्द्रीय कमिटी बैठकले त्यसलाई पारित गर्दै अब शुद्धिकरणको जिम्मेवारी शेङमिनलाई दिएको हो।
यो चिनियाँ कम्युनिस्ट पार्टीले सेनाभित्र गरेको सबैभन्दा ठूलो सार्वजनिक कारबाहीमध्येको एक हो। त्यसअघि दुई पूर्वरक्षामन्त्रीहरूलाई पनि पार्टीले कारबाही गरेको थियो।
चिनियाँ सैन्य आयोगले देशमा भ्रष्टाचारबारे अनुसन्धान र जाँचबुझ गर्छ। पार्टीले यसलाई राजनीतिक अनुशासन र सुशासनको अभियान भनेको छ। ६७ वर्षीय शेङमिनले अब आयोगका अर्का वरिष्ठ उपाध्यक्ष झाङ युक्सियासँगै मिलेर काम गर्नेछन्। उनी चिनियाँ जनमुक्ति सेनाका रकेट फोर्स जनरल हुन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया