सोमबार, २७ अक्टोबर २०२५

पशुपतिमा गृहमन्त्रीको ‘छाला-जुत्ता’, सचिवालयले के भन्यो?

News Image
• • •

छालाको जुत्तासँगै मन्दिरको ढोकामा खिचिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याल सहितको तस्विर भाइरल भएपछि उनको सचिवालयले त्यसलाई खण्डन गरेको छ।

पशुपतिनाथको दर्शनपछि अर्यालले एक ठाउँमा फोटो खिचाएका थिए। परिवार तथा पूजारीसहितको उक्त तस्वीरमा उनले छालाको जुत्ता लगाएको देखिन्छ। मन्दिरमा छालाको जुत्ता लगाएको भन्दै उनको तस्वीर सामजिक सञ्जालमा भाइरल भएको छ।

‘मन्दिर दर्शनपछि दक्षिणतर्फको सडकमा लिइएको तस्वीर हो। त्यहाँ जुत्ता लगाउन र फोटो खिच्न मिल्ने स्थान हो’ उनको सचिवालयले भनेको छ।

मन्दिर परिसरमा छालाका सामग्री लैजान पाइँदैन। छालाका जुत्ता, पर्स, बेल्टजस्ता सामग्रीहरू बाहिरै राख्नुपर्छ।

‘हामी स्पष्ट पार्न चाहन्छौं कि उक्त तस्वीर गृहमन्त्रीज्यूले दर्शन सकेर बाहिर निस्किनेक्रममा पशुपतिका मन्दिर परिसरबाहिर खिचिएको हो’ सचिवालयले भनेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!