सोमबार, २७ अक्टोबर २०२५

गायिकाको ‘आत्मदाह’, गायक बाबुल प्रहरी हिरासतमा

News Image
• • •

गायक तथा संगितकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ।

गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन्। गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरको ‘वर्न अस्पताल’ मा निधन भएपछि उनको परिवारले गिरीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको हो।

गायिका नितु पौडेल र संगीतकार बाबुल गिरी (धनबहादुर) झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ। घरपरिवारले नितुलाई विवाहका लागि दबाव दिन थालेपछि बाबुलले विवाहको प्रस्तावलाई टार्दै आएका थिए। त्यही विषयमा उनीहरूबीच निरन्तर विवाद हुँदै आएको थियो।

नितुको परिवारले उजुरी दिनुअघि नै नितुको मृत्युको खबरपछि बाबुल आफै प्रहरी कार्यालय पुगेका थिए। उनलाई प्रहरीले अहिले हिरासतमा राखेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!