भारी वर्षाले भैरहवा जलमग्न
आइतबार केही समय मात्रै भएको भारी वर्षाले बैंकरोड, प्रहरी टोल, मिलनचोक, मैत्री पथलगायतका भैरहवाको मुख्य बजार नै जलमग्न भएको हो। पानीको निकास नभएको कारण सडकमा पानी जमेको छ। नालाबाट पानी ओभर फ्लो भएसँगै पसलहरुमा पनि पानी पसेको छ।
बिएल संवाददाता - भैरहवा