बिहिबार, ०५ नोभेम्बर २०२६

रवि भेट्न बुढानिलकण्ठ पुगे भारतीय विदेश सचिव

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन्। 

नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका विदेश सचिव मिश्री सभापति लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए।

भेटवार्तामा लामिछानेले आफ्नो विगतमा भएकाे औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुक बीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिएका रास्वपा प्रवक्ता जगदीश खरेलले बताए।

भारतीय विदेश सचिवसँग लामिछानेले नेपालले विकास तथा आर्थिक कूटनीतिमा जोड दिइरहेको बताएका थिए। सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। 

उनीहरूबीच दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको प्रवक्ता खरेलले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!