ओलीको एक ‘कल’मै बालुवाटार पुगिन् विन्दा, होला त निलम्बन फुकुवा?
नेकपा एमालेबाट निलम्बित नेतृ विन्दा पाण्डे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेकी छन्। ओलीले नयाँवर्षको शुभकामना दिन नेताहरूलाई फोन घुमाउने क्रममा नेतृ पाण्डेलाई पनि फोन लगाएका थिए। नयाँवर्षको शुभकामना दिँदै ओलीले भेट्न बोलाएपछि पाण्डे बालुवाटार पुगेकी हुन्। भेटघाटका क्रममा पाण्डेले आफूलाई निलम्बन गरिएको खबर पाएपनि हालसम्म पत्र नपाएको र निलम्बन सकिएको वा नसकिएको भन्ने विषयमा जिज्ञासा राखेकी एमालेका एक नेताले बताउँछन्।
बिएल संवाददाता - काठमाडौं