अन्ततः भूमिसम्बन्धी अध्यादेशमा पछि हट्यो सरकार
लोकतान्त्रिक समाजवादी पार्टीको असहमतीपछि सरकारले भूमिसम्बन्धी नेपाल ऐन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा समेटिएको त्रुटिपूर्ण कुराहरू सच्याउन कार्यदल गठन गर्ने भएको छ। पार्टीका महासचिव डा. सुरेन्द्र झाले सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष महन्थ ठाकुरको अडान, विश्वसनीयता एवम प्रभावकारी नेतृत्वले अध्यादेशमा समेटिएको त्रुटिहरू सच्याउन कार्यदल बनाउने र अन्य पाँचवटा अध्यादेश आगाडि बढाउने निर्णय भएको जानकारी गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं