पूर्वराष्ट्रपति भण्डारी बैंकक जाँदै
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज थाइल्याण्डको राजधानी बैंकक जाँदैछिन्। उनी बिहान ११ बजे नेपाल वायुसेवाको उडानमा त्यता जान लागेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज थाइल्याण्डको राजधानी बैंकक जाँदैछिन्। उनी बिहान ११ बजे नेपाल वायुसेवाको उडानमा त्यता जान लागेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवनमा बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०७९–८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०–८१) पेश गर्नेछन्। ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बिएल संवाददाता - काठमाडौं
‘संसदको नियमित अधिवेशनमा कानूनमा सुधार गर्नुछ भने त्यसको प्रक्रियाबाट जानुपर्नेमा संसद नै छलेर संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ। यसका पछाडि राम्रो नियत देखिदैन।’
बिएल संवाददाता - काठमाडौं
‘उहाँका प्रश्नहरू, उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश र अपमानजनक रहेका छन्। संसद जस्तो गरिमामय ठाउँमा यस्तो भाषा किन? ‘युवा विदेश पठाएर’ जस्ता भाषा के म मेनपावर कम्पनीको मान्छे हो? तपाईंले भनेको ७० लाख म सरकारमा आइसकेपछि ८ महिनाबाट सुरु भएको हो? उहाँको प्रश्नमा उत्तर दिनुपर्ने केही छैन। प्रश्नमा उत्तर बोकेर आउनु भएको छ। यहाँलाई धन्यवाद छ।’
बिएल संवाददाता - काठमाडौं
ती तस्बिरहरू गौर नगरपालिकाको सबगढास्थित जमसेदकै घरमा खिचिएको खुलेको छ। जमसेद आफैंले सामाजिक सञ्जालमा सानका साथ पोस्ट गरेका तस्बिरमाथि प्रहरीले अनुसन्धान थालेपछि उनले तस्बिरहरू हटाइसकेका छन्।
बिएल संवाददाता - रौतहट
जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले बताए। माबोलाई कालो मोसो दल्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनसहित नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम र समितिका नेता जेन्टल लावतिलगायतको उपस्थित थिए।
बिएल संवाददाता - धरान
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद प्रतिक्षा तिवारीले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले जयनगर-जनकपुर-कुर्था-विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माण कार्य सम्पन्न भइ यात्रुबाहक रेलसेवा दैनिक संचालनमा आएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले बहुदलीय समाजवाद भन्नु भन्दा मात्र भएको बताए। उनले भने,‘हामी अहिले समाजवादी क्रान्ति र रुपान्तरणको नया युगमा छौं। अब प्राप्त गर्न बाँकी समाजवाद हो। अहिले कसैले बहुदलीय समाजवाद भन्छन् त्यो भन्ने मात्र हो। त्यो बैज्ञानिक समाजवाद होइन। कसैले प्रजातान्त्रिक समाजवाद भन्छन् यो पनि अन्तर्राष्ट्रिय पुँजीवादले निकालेको फन्डा हो।’
बिएल संवाददाता - काठमाडौं
‘म विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु कि ९४ प्रतिशत ओमकार परिवार बस्ने राष्ट्रका नागरिकलाई चित्त बुझेको छैन। पुनः यो राज्यलाई धर्मसापेक्ष नेपाल अर्थात राजासहितको प्रजातन्त्रमा परिणत गर्नका लागि सभामा आग्रह गर्न चाहन्छौं। जनता जागिसकेका छन्। यो कुरामा अब नेपाली जनता चुप लागेर बस्ने स्थितिमा छैन्। भोलि आन्दोलन हुन्छ।’
बिएल संवाददाता - काठमाडौं
विशेषगरी कार्कीले कार्यपालिकाले अध्यादेश ल्याएर संसदबाट अनुमोदन गराइसकेको विषयलाई अदालतबाट खारेज गरिदिंदा यसले ४५ हजार मेगावाट बराबरका जलविद्युत आयोजना प्रभावित भएको, लेखा समितिले अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिंदा ७४ वटा कम्पनीको सार्वजनिक निष्काशन रोकिएको र विद्युत ऐन २०४९ मा ५० वर्ष दिइएको जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि प्रस्तावित विद्युत विधेयकमा ३५ वर्ष मात्र राखिएकोले यसलाई सच्याउने विषयमा देउवाको पहलकदमी आवश्यक रहेको बताए।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्तापक्षीय प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो। दुवै सदनले विचाराधीन विधेयकहरू अघि बढाउने, शिक्षा र निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पास गर्नुपर्ने निर्णय बैठकले गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए।
बिएल संवाददाता - काठमाडौं
‘कानुन व्यवसायीहरू विधिको शासनको पहरेदार हुन् र लोकतन्त्रको रक्षक हुन्। कुनैपनि किसिमको यातनारहित र स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक दासतायुक्त जीवन रंगभेद लिङ्गभ्दको विरोध, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, अनिवार्य रोजगारी र स्तरीय शिक्षा तथा स्वास्थ्य जस्ता मानवलाई नहुने अधिकार हुन्। र लोकतन्त्रमा नागरिकका यी अधिकार राज्यबाट प्रत्याभूत भए नभएको अनुगमन गर्ने र नभएको भए आवाज उठाउने धर्म कानुन व्यवसायीको हो।’
बिएल संवाददाता - काठमाडौं
नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागी थिए। बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौलासहित जसपा नेपाल, जसपा, लोसपा, जनमत पार्टीका प्रमुख सचेतक सहभागी छन्।
बिएल संवाददाता - काठमाडौं
‘केपी शर्मा ओली प्रधानमन्त्री भएपछि हुलाकी सडकलगायत मधेसको असन्तुष्टि सम्बोधनमा अग्रसरता लिनुभयो। भारत सरकारबाट प्राप्त हुने अनुदानको निरन्तरता रहने गरी नेपाल सरकारले आफैंले सडक बनाउने संकल्प गर्नुभयो। भारत सरकारलाई सहमत गराउनु भयो। आज मधेसको लाईफ लाईनको रुपमा विकास हुँदै गरेको हुलाकी सडक निर्माणमा नेकपा(एमाले)का अध्यक्षको महत्वपूर्ण योगदानलाई मधेसी जनताले महसुस गरेका छन्।’
बिएल संवाददाता - काठमाडौं
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीच प्रश्नोत्तर हुँदैछ। संसद् सचिवालयले यसअघि गरेको विभाजन अनुसार समूह ८ मा रहेका सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्। बढीमा १५ जनाले प्रश्न सोध्न पाउने व्यवस्था भएपनि यसपटक १० जनाले मात्रै प्रश्न दर्ता गराएका छन्। त्यस्तै, संसद सचिवालयका अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट कार्यभार थप सम्बन्धी पत्रको ब्योहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।
बिएल संवाददाता - काठमाडौं
‘ओलीजीलाई लोकतान्त्रिक प्रणाली र संसदजस्ता लोकतान्त्रिक संस्थाहरू मन पर्दैन, विगतमा गरेको संसद् विघटनलाई हामीले सडकबाट असफल पारेका थियौँ,’ पुनले भने, ‘उहाँ (ओली)को मनमा अहिले पनि आफ्नो पुरानो कदम सही पुष्टि गर्नुपर्छ भन्ने सोच छ। यसमा सचेत रहन म कांग्रेस नेताहरूलाई आग्रह गर्न चाहन्छु।’
बिएल संवाददाता - भोजपुर
उनले राजनीतिप्रतिको चासोविहीनता र नियन्त्रण अभावमा शासित हुनुपर्ने अवस्था आएको भन्दै विद्यार्थीलाई राजनीतिमा कुनै न कुनै तवरले आवद्ध हुन सुझाव दिएका हुन्। विद्यार्थी जनमत संघ धनुषाद्वरा जनकपुरधाममा आयोजित स्ववियु निर्वाचन प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले राजनीतिप्रति चासो लिने, राजनीतिलाई नियन्त्रित र निर्धारण गर्ने व्यक्तिले शासन गरिरहने भएकाले राजनीतिलाई समय बिताउने तथा अंशकालीन बनाउने रुचिबाट उब्रिन विद्यार्थीहरूलाई आग्रह गरे।
बिएल संवाददाता - जनकपुर
‘प्रचण्डजी के भन्नुहुन्छ र के बोल्नुहुन्छ भन्ने कुराको ठेगान त नेपाली राजनीतिमा कहिले पो हुँदै गएको छ र? अहिले जे कुराको विरोध गर्दै हुनुहुन्छ ती अधिकांश कुराहरू उहाँकै कार्यकालमा प्रवेश गरेका विषय हुन्। आज उहाँ विरोध गर्दै हुनुहुन्छ। त्यस अर्थमा उहाँले के भन्नुहुन्छ भन्ने कुराको अर्थ नेपाली राजनीतिमा हुनै छाड्यो।’
बिएल संवाददाता - काठमाडौं
आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
सांसद थापाले समानुपातिक सांसदलाई लक्षित गर्दै ‘यी समानुपातिकहरूलाई फुर्सदै फुर्सद छ। समानुपातिकलाई न कसैले गुनासो गर्छन् न कुनै जिम्मेवारी छ। न कुनै चुनाव जितेको अनुभव छ’ भन्दै समावेशी मान्यतामाथि आक्रमण गरेको कांग्रेसको ठहर छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .