बानेश्वर क्याम्पस अखिल ‘क्रान्तिकारी’को कब्जामा
बानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी भएका छन्। मंगलबार सम्पन्न मतदानमा १७५ मतसहित अखिल क्रान्तिकारीका अधिकारी सभापतिमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका निराजन कार्कीले १४९ मत पाए। उनी प्यानलैसहित विजयी भएका हुन्। स्ववियु सचिवमा अखिल क्रान्तिकारीकै रविन रिजाल १८३ मतसहित विजयी हुँदा कोषाध्यक्षमा पनि अखिलकै संगीता भट्टराई १८१ मतले निर्वाचित भइन्।
बिएल संवाददाता - काठमाडौं