कुलमान हटाएर थाइल्याण्ड जाँदै ओली, भेटे राजदूत
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड जाने भएका छन्। यही चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैठौँ शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जान लागेका सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए। सोमबार विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाउन बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण पनि स्वीकृत गरेको थियो। यसैबीच प्रधानमन्त्री ओली र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।
बिएल संवाददाता - काठमाडौं