शुक्रबार, २२ अगस्ट २०२५

प्रहरीले फाइल बुझाएको एक महिनापछि रविसहित २९ विरुद्ध मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। विरगंजको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा प्रकरणमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्षमान भन्छन्ः प्रधानमन्त्रीबाटै ‘फाइल खोल्छु’ भन्ने धम्की आयो (भिडियोसहित)

नेकपा माओवादीका नेता वर्षमान पुनले माओवादीलाई प्रधानमन्त्रीबाटै धम्की आइरहेको बताएका छन्। आइतबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद पुनले आफूहरूलाई प्रधानमन्त्री र गठबन्धनका माथिल्लो तहबाटै निरन्तर धम्कीहरू आइरहेको बताएका हुन्। उनले सरकार पक्षबाट धम्कीहरू आइरहे पनि माओवादी नडराएको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपालाई माओवादीको सुझावः तपाईंहरूसँग अनुभवको कमी छ, संसदीय अभ्यास हामीबाट सिक्नुस्

नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले रास्वपालाई माओवादीबाट संसदीय अभ्यास सिक्न सुझाव दिएका छन्। आइतबारको प्रतिनिधि सभामा बोल्दै सांसद पुनले भिजिट भीसा प्रकरणमा छानबिनका लागि सरकार तयार भइसकेको दाबी गर्दै प्रतिपक्षका माग ‘एक ढंगले सम्बोधन भइसकेको’ले रास्वपाका सांसदहरूलाई पनि संसदीय प्रक्रियामा भाग लिन आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन घण्टादेखि रास्वपाको नाराबाजी जारी, संसद चलेको चल्यै…

संसदको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको बैठक चलिरहेको छ। सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए। सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाद्वारा संसद बैठक बहिष्कार, रास्वपाको नाराबाजी जारी…

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठक बहिष्कार गर्दै सदनबाट बाहिरिएको छ। रास्वपा र राप्रपाको अवरोधका बीच सभामुख देवराज घिमिरेले पेलेरै संसद बैठक अघि बढाएपछि आक्रोशित राप्रपा सांसदहरू बैठक नै बहिष्कार गर्दै बाहिरिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारको सफलता कर्मचारीतन्त्रमा निर्भर छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित लोक सेवा आयोगको ७५औं वार्षिकोत्सव समारोहमा उनले मुलुक सञ्चालनका लागि छनोट हुने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनुपर्ने भन्दै राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षको विरोधकोबीच संसद चलाउनु ‘दादागिरी’ होः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रतिपक्षी दलको विरोधकाबीच संसद चलाएर ‘दादागिरी’ गरिएको भन्दै आपत्ति जनाएका छन्।  आइतबार बसेको प्रतिनिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले प्रतिपक्षी दलको विरोधकोबीच संसद चलाउनु संसदीय अभ्यास नभएकोले दादागिरी बन्द गर्न भन्दै आक्रोश पोखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपालाई कांग्रेसको प्रश्नः ‘रवि लामिछानेलाई सभापतिको पदमा राख्न कुन नैतिकताले दिन्छ?’

नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले रास्वपालाई पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति सुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेका रवि लामिछानेलाई ‘आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो?’ भन्दै प्रश्न गरेका छन्। आइतबार रास्वपा र राप्रपाको विरोधकाबीच नै सुरु भएको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपालाई प्रश्न सोधेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको साथ पाएपछि पेलेरै अघि बढ्यो सत्तापक्ष, रास्वपा र राप्रपाको नाराबाजी

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ। आइतबार बसेको बैठक सुरु हुनेवित्तिकै रास्वपा र राप्रपाले उठेर नाराबाजी लगाएर बिरोध गरिरहेका छन्। यसैबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कारवाही अगाडि बढाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हेवा खोलाको ‘बेलिब्रिज’ भाँचिएको घटनाबार छानबिन गर्न समिति गठन

मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम-४ र हिलिहाङ्-७ जोड्ने हेवा खोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानविनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ। मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरी पाँच सदस्यीय अध्ययन तथा छानविन समिति गठन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी ‘ब्याक’ भएपनि रास्वपा र राप्रपा पछि नहट्ने

प्रमुख प्रतिपक्षी माओवादी ब्याक भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका रास्वपा र राप्रपाले बैठकमा अवरोध कायम राख्ने भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् कार्यसूची?

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ।  बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

उपेन्द्रले मागे खर्च गर्नै नपर्ने ‘निर्वाचन प्रणाली’

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपालमा पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको बताएका छन्। शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ता चलाउनेहरू जनविरोधी हुन् भन्ने ‘भिजिट भिसा’ काण्डले प्रमाणित भयोः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले नेपाली राज्य र सत्ता चलाउनेहरू कुन हदसम्म जनविरोधी छन् भन्ने कुरा भिजिट भिसा काण्डले प्रमाणित गरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उनले जनताको सुविधाको लागि राज्य बनाए पनि नेपालको राज्य नागरिकलाई दुःख दिने खालको भएको भन्दै यसकारण सदनमा सहमति नगरेर आन्दोलन जारी राखेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापा पुगेर प्रचण्डले भनेः सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन्। झापाको दमकमा आयोजित कोच, धिमाल, मेचे, सन्थाल, झाँगड र उराऊसहित पाँचवटा मोर्चाको संयुक्त सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

०८४ को निर्वाचनमा स्पष्ट ‘बहुमत’ ल्याउने प्रचण्डको ठोकुवा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीप्रति देश तथा विदेशमा जनताको आकर्षण तीव्र गतिमा बढिरहेको दाबी गरेका छन्। शनिबार मोरङको उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारीद्वारा आयोजित पार्टी प्रवेश समारोहमा बोल्दै उनले आगामी ०८४ सालको आमनिर्वाचनमा माओवादीले स्पष्ट बहुमत ल्याउने ठोकुवा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

माओवादीप्रति जनलहर बढेपछि ‘घेराबन्दी’ र ‘बदनाम’ गर्ने काम भएको प्रचण्डको गुनासो

मोरङमा विभिन्न राजनीतिक दल परित्याग गरी पार्टी प्रवेश गरेकाहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन्। विभिन्न पार्टी परित्याग गरी माओवादी प्रवेश गरेका सन्देश घिमिरे, सुवास लामा, कर्म लिम्बुसहित ३७० जना नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी

गगनको जिकिरः कांग्रेसको कोही सदस्य भ्रष्टाचारमा मुछिए त्यसको भारी पार्टीले बोक्दैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न देखिएमा त्यसको भारी सिंगो पार्टीले नबोक्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै व्यक्ति चुकेको अवस्थामा कांग्रेसले कोहीसँग सम्झौता गर्न नसक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानुन सांसदले बनाउने हो, शिक्षक महासंघको हस्तक्षेप स्वीकार्य छैन: सुमना श्रेष्ठ

रास्वपा सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक बनाउने जिम्मेवारी संसदको भएको बताउँदै बाह्य प्रेसर सह्य नहुने बताएकी छन्। प्रतिनिधि सभाको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफलमा आफ्नो धारणा राख्दै सुमनाले सरकार नेपाल शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, हिसान जस्ता संघसंस्थाको दबाबमा परेको दाबी गर्दै ऐन बनाउँने विषयमा बाह्य हस्तक्षेप सह्य नहुने बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘माओवाद’ का नाममा ठगी धन्दा मौलायोः बाबुराम

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी भन्ने पार्टीको नाम प्रयोग गरेर ठगी धन्दा भएको बताएका छन्। शुक्रबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले माओवादी आन्दोलनका शीर्षपंक्तीमा बस्ने मान्छेहरूले हिजोको जनयुद्धमाथि न्याय नगरेको भन्दै माओवादको नाममा ठगी धन्दा चलाएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं