प्रधानमन्त्रीको काँधमा २१ मन्त्रालय, तीन मन्त्री थन्काइए
सरकारमा सहभागी सबै मन्त्रीहरूलाई पदमुक्त गरेसँगै २१ वटा मन्त्रालयको जिम्मा प्रचण्डको काँधमा आएको छ। काँग्रेससँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रचण्डले सोमबार सबै मन्त्रीलाई पदमुक्त गरेका थिए।सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ लिए पनि उनीहरूलाई कुनै जिम्मेवारी दिइएको छैन।
बिएल संवाददाता - काठमाडौँ