सोमबार, ०१ डिसेम्बर २०२५

माधव नेपालको दाबीः मैले कसैसँग ‘घुस लियो’ भन्नसक्ने मान्छे धर्तीमै छैनन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ‘माधव नेपाल’ले पैसा घुस कसैसँग लिएको भनेर भन्नसक्ने मान्छे धर्तीमै नभएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेकपा एस सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित कार्यकर्ता भेला कार्यक्रममा उनले खाएको विष लाग्ने हो नखाएको विष लाग्दैन भन्दै नेपालले घुस खाएको कुरा पुष्टि गर्न चुनौती दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षी गठबन्धनमा फुट, एमालेसँग सहमति गरेको माओवादीलाई रास्वपा राप्रपाको अवरोध

सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएपछि बसेको प्रतिनिधि सभा बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध जारी राखेका छन्। सभामुख देवराज घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि राप्रपा र रास्वपा सांसदहरूले टेबल ठटाउँदै बोल्न अवरोध गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्तो छ एमाले-माओवादी २ बुँदे सहमति (पत्रसहित)

सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ। शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे सहमति सहमति पत्रमा हस्ताक्षर गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिपछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्तारुढ दल र माओवादीबीच दुई बुँदे सहमतिमा हस्ताक्षर, एक्लियो रास्वपा…

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले संसदको अवरोध हटाउने विषयमा सत्ता गठबन्धनसँग दुई बुँदे सहमति गरेको छ। भिजिट भिसा प्रकरणलाई लिएर २ सातादेखि जारी संसदको अवरोध हटाउन गर्न कांग्रेस-एमाले र प्रमुख प्रतिपक्षी माओवादीबीच २ बुँदे सहमति भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यवहारमा उतार्दै आइपरेका नयाँ-नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन्। धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोह (दोस्रो चरण) लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालको परिचय ‘बहादुर’ मात्र नभइ ‘इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी स्थापित गराउनुपर्नेमा जोड दिँदै सीपयुक्त जनशक्तिले अनुसन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्नुपर्ने आग्रह गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उर्जामन्त्रीकै अघि शेखरको प्रश्नः व्यापारीले विद्युतको बक्यौता नतिर्ने भए जनताले चैं किन तिर्ने?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यापारीबाट विद्युत प्राधिकरणको बक्यौता नउठाएको भन्दै उर्जामन्त्रीकै सामू असन्तुष्टि पोखेका छन्। पार्टी निकट विद्युत प्राधिकरण संघको महाधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले व्यापारीबाट उठाउनुपर्ने पैसा नउठाएर प्राधिकरण खस्कियो भन्दै हल्ला गर्नु गलत भएको जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविन्द्र र धवलशमशेरविरुद्ध फेरि पक्राउ पूर्जी जारी हुँदै!

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध फेरि पक्राउ पूर्जी जारी हुने भएको छ। अदालतमा बयानका लागि अनुपस्थित रहेका उनीहरूविरुद्ध फरार अरोपीको रूपमा पक्राउ पुर्जी जारी हुने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चार उच्च अदालतका मुख्य न्यायाधीश नियुक्त

न्याय परिषदले चारवटा उच्च अदालतका मुख्य न्यायाधीशहरूको नियुक्ति तथा पदस्थापन सिफारिस गरेको छ। शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालतका मुख्य न्यायाधीशहरूको नियुक्ति तथा पदस्थापन सिफारिस गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योग समितिमा चर्काचर्की, टेबुल ठोकाठोकमा उत्रिए सांसद…

शुक्रबार बिहान सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूबीच चर्काचर्की र टेबुल ठोकाठोक भएको छ।  समिति बैंठकमा श्रममन्त्री शरदसिंह भण्डारी र गृहमन्त्री रमेश लेखक अनुपस्थित भएको साथै दुई मन्त्रीका विषयमा छानविन हुनुपर्ने विषयमा चर्काचर्की भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुगुमा चट्याङ लागेर एकै किसानका १४ बाख्रा मरे

बिहीबार परेको अविरल वर्षासँगैको चट्याङमा परेर मुगुमा एक किसानले पालेका १४ बाख्रा मरेका छन्। बिहीबार दिउँसो चट्याङ लागेर छायाँनाथ रारा नगरपालिका-८ झ्यारी गाउँका किसान देवचन्द्र रावलका १४ वटा बाख्रा मरेका हुन्। चट्याङ लागेर थप चारवटा बाख्रा घाइते छन्। एकैसाथ १४ बाख्रा मरेपछि देवचन्द्रले बाख्रा पालनबाट विस्तापित हुनु परेको छ। उनले नगरपालिका लगायत अन्य निकायबाट राहत पाए फेरि बाख्रा पालन गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

फोन संवादलाई ‘तोडमोड’ गरी धम्कीको ‘आरोप’ लगाउनु दुःखद: परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँगको टेलिफोन संवादलाई ‘धम्कीपूर्ण’ भन्दै प्रकाशित गरिएको समाचारप्रति कडा आपत्ति जनाएकी छन्। नागरिक दैनिकमा प्रकाशित समाचार ‘पूर्णरूपमा तोडमोड गरिएको र भ्रामक’ रहेको उनको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको निर्वाचन क्षेत्रमा किसानले दिउँसै निकाले ‘राँकेजुलुस’

झापाको गौरादह नगरपालिकाका किसानहरू आन्दोलित भएका छन्। किसान संघर्ष समिति, जोरपोल उच्च कृषक समूह, कृषक आन्दोलन संघर्ष समिति गौरादह नगर मूल कृषक समूह लगायतका संगठनहरूले बिहीबार संयुक्त आन्दोलन गरेका हुन्। उनीहरूले दिउँसै राँके जुलुस निकालेर नगरपालिकालाई दवाब दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

एअर इण्डिया दुर्घटना अपडेटः विमानमा सवार सबै यात्रुको मृत्यु…

भारतको गुजरातस्थित अहमदाबादमा भएको एअर इण्डियाको विमान दुर्घटनामा सबै यात्रुको निधन भएको छ। भारतीय टेलिभिजन एबीपी न्युजका अनुसार दुर्घटनामा विमानमा सवार सबै २४३ यात्रुको निधन पुष्टि भएको छ। २३० यात्रु र चालकदलका १२ सहित २४३ यात्रु बोकेको बोइङ ७८७-८ ड्रिमलाइनर विमान अहमदाबादबाट लण्डनका लागि उड्ने क्रममा उड्नेबित्तिकै क्र्यास भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै कालोमोसो…

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुमाथि मोसो दलिएको छ। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै प्रवेश गरेर ‘जनताको विरुद्धमा फैसला गर्न पाइँदैन’ भन्दै नारा लगाउँदै न्यायाधीश थारुमाथि मोसो छ्यापेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन साहविरुद्ध अख्तियारमा युवराज सफलको उजुरी

काठमाडौं महानगरपालिकाको कार्यालयमा लिफ्ट जडानका क्रममा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। विभिन्न अनियमितताविरुद्ध मुद्दा हालेर परिचित युवराज सफलले बालेनले आफ्नो लागि जडान गरिएको लिफ्टमा पनि भ्रष्टाचार गरेको दाबीसहित अख्तियारमा मुद्दा दायर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ पार्टी खोल्दै बालेन, सुमना श्रेष्ठलाई संयोजक बनाउने सहमति !

हाल अमेरिकामा रहेका एक समयका चर्चित लोक गायक भगवान भण्डारीले काठमाडौं महानगरका मेयर बालेन साह र रास्वपा सांसद सुमना श्रेष्ठको संयोजनमा नयाँ पार्टी खोल्ने लगभग पक्कापक्की भएको दाबी गरेका छन्। पुराना राजनीतिक पार्टीबाट वाक्कदिक्क भएका नेपाली युवापुस्ताले बालेनको नेतृत्वमा नयाँ राजनीतिक दलको माग गरिरहेका बेला भगवानको स्टाटसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुस्ताङ पुगेर प्रचण्डले भनेः माओवादी कांग्रेस-एमाले जस्तो ‘दलाल’को पार्टी होइन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस-एमाले गठबन्धनको सरकारले दलालहरूका लागि काम गरिरहेको आरोप लगाएका छन्। मुस्ताङमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी अन्य पार्टीभन्दा फरक रहेको र दलालहरूका लागि काम नगर्ने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - मुस्ताङ

नेपालमा अपार सम्भावना छ, सदुपयोग गर्न सक्नुपर्छः अर्थमन्त्री

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरेक क्षेत्रको अपार सम्भावना रहेको बताउँदै त्यसको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘काम गरौं आफ्नै देशमा’नामक वित्तीय साक्षरता, उद्यमशीलता तथा आर्थिक सम्भाव्यताको खोज अभियान कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले नेपाली युवाले देशमै अवसर खोज्न सक्ने वातावारण निर्माण गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोडियो बालेन-सुनिता संवादहिनता, वडाध्यक्षहरूसहित गोप्य भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनीता डंगोलबीचको संवादहिनता तोडिएको छ। महानगर स्रोतका अनुसार उनीहरूबीच बुधबार (हिजो) कार्यपालिका बैठक र नगरसभा बोलाउने विषयमा गोप्य छलफल भएको थियो। बालेनले तीन फरक-फरक दलबाट निर्वाचित वडाध्यक्षहरूसँग पनि सामूहिक छलफल गरेका छन्। बैठकमा सहभागी एक वडाध्यक्षका अनुसार बालेनले महानगरका प्रवक्तासमेत रहेका १७ नम्बर वडाका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नवीन मानन्धर, ३२ नम्बर वडाका एमालेबाट निर्वाचित वडाध्यक्ष नवराज पराजुली र नेकपा एसबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोलसँग छलफल गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाको नयाँ नीतिले नेपाललाई प्रशव पीडामा पुर्‍यायोः मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकाले ल्याएको ट्रेडसँग सम्बन्धि नयाँ नीतिले नेपाललाई प्रसव पीडामा पुर्‍याएको बताएका छन्। बुधबार नेपाल अमेरिका व्यापारः अवसर र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले नेपाललाई अप्ठ्यारो परेको बताएका हुन्। उनले भने, ‘हामीले पछिल्लो अमेरिकाको चुनावको पूर्व सन्ध्यामा नेपाल र अमेरिकाबिच सम्झौता गरेका थियौ। अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले ट्रेडमा चलेको होडबाजीको विश्वव्यापी केही पराकम्पन आए।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं