प्रतिनिधिसभा बैठक बस्दै, के– के छन् कार्यसूची?
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३:०० बजे बस्ने गरी समय निर्धारण भएको छ। तथापि ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन।
बिएल संवाददाता - काठमाडौँ