देउवाको स्पष्टोक्तिः गृहमन्त्रीको राजीनामा आवश्यक छैन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेको दाबी गरेका छन्। बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट गरेका छन्। उनले सत्तागठबन्धन ०८४ सम्म निरन्तर चल्ने दाबीसमेत गरे। त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको दाबी गर्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताए।
बिएल संवाददाता - काठमाडौं