प्रतिनिधिसभाको बैठक बस्दै
आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दै छ। आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ।
बिएल संवाददाता - काठमाडौँ
आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दै छ। आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ।
बिएल संवाददाता - काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक नेत्र विक्रम चन्द ‘विप्लव’सहित नेताहरू सोमबार काठमाडौंमा आयोजित सांस्कृतिक कार्यक्रममा छमछमी नाचेर रमाएका छन्। ‘सामना सांस्कृतिक अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा नेता विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले क्रान्तिका गीत गाएर नृत्यमा सहभागी भएका थिए।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका अभियुक्त राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका राणाविरुद्ध न्यायाधीश शिवप्रसाद खनालको इजलासमा थुनछेक बहस भएको थियो। बहसपछि इजलासले राणासँग तीन लाख धरौटी मागेको हो।
बिएल संवाददाता - काठमाडौं
उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतबाट दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। हिल्टन होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजुका पुत्र जयवीर देउवाको लगानीसम्बन्धी सामग्री प्रसारण गरेवापत पाठकविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो।
बिएल संवाददाता - काठमाडौं
तीनकुने घटनामा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाविरुद्ध थुनछेक बहस सकिएको छ। सोमबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका राणाविरुद्ध न्यायाधीश शिवप्रसाद खनालको इजलासमा थुनछेक बहस सकिएको हो। अदालतले आजै थुनछेक आदेशको तयारी गरेको छ।
बिएल संवाददाता - काठमाडौं
सर्लाही जिल्ला अदालतबाट बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन्। डिभिजन वन कार्यालय सर्लाहीले मेयर थापासहित ६ जनाविरुद्ध गत बैशाख ११ गते सर्लाही जिल्ला अदालतमा ‘वन अतिक्रमण, ताल निर्माण, ढुंगागिट्टी, बालुवा, माटो उत्खनन् गरी हानी नोक्सानी गरेको’ शिर्षकमा मुद्दा दायर गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी लिएका छन्। सोमबार शीतल निवास बोलाएर मन्त्री खड्कासँग जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी लिएका हुन् ।
बिएल संवाददाता - काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको सञ्चार आवश्यक रहेको बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान र धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को संयुक्त आयोजनामा सोमबार काठमाडौंमा आयोजित ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले गहिरो अध्ययन र आत्मसमीक्षा नगर्दा समाजले स्पष्ट दिशा पाउन नसकेको उल्लेख गरेका हुन्।
बिएल संवाददाता -
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केही दिनदेखि इजरायल र इरानबीच जारी युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन्। सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री डा. राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधि सभाको सोमबारको बैठकमा पनि रास्वपा र राप्रपाले विरोध जारी राखेको छ। रास्वपाले वेल घेराउ गर्दै नाराबाजी गरिरहँदा राप्रपाले बैठक बहिष्कार गरेको छ। सभामुख देवराज घिमिरेले सदनमा अवरोध जारी रहँदारहँदै पनि पेलेरै बैठक अघि बढाएका थिए। अहिले पनि रास्वपाको अवरोधका बीच बजेटमाथिको छलफल जारी छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय सस्वतन्त्र पार्टीका सांसदहरू संसदमा जुत्ता चप्पल खोलेर बसेको भन्दै सत्तारुढ एमालेले नियमापत्ति गरेको छ। सोमबारको प्रतिनिधि सभामा पनि रास्वपा सांसदहरूले नारावाजी गर्दै विरोध जारी राखेका छन्। यतिबेला रास्वपा सांसदहरू वेल घेराउ गर्दै भुइमै बसेर नारावाजी गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका रास्वपा र राप्रपाले आजको बैठकमा पनि अवरोध गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्यको संलग्नतामा मानव बेचबिखन भइरहेको गम्भीर आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै परियारले विगत २० दिनदेखि यो विषय सार्वजनिक रुपमा चर्चामा आएको भन्दै राज्य संयन्त्र स्वयं यसमा संलग्न भएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन्। उनी आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्। गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए। तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए।
बिएल संवाददाता - काठमाडौं
सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधारा स्थित कोशी लोकमार्गबाट असार २ गते सशस्त्र प्रहरीले करीव २ हजार १ सय ३० किलोग्राम गाजाँसहित ट्रक नियन्त्रणमा लिएको छ। भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१ बोरा अदुवा र तरकारीसहितको ट्रक विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानले नियन्त्रणमा लिएको हो।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारको आलोचना गरेको आरोपमा एक युवतीलाई साइबर ब्युरोले पक्राउ गरेको छ। खोटाङको हलेसीतुवाचुङ नगरपालिका-६ घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया टिकटकर रमा बस्नेतलाई आइतबार पक्राउ गरिएको प्रवक्ता एवं सूचना अधिकारी एसपी दिपक राज अवस्थीले जानकारी दिए। प्रहरीका अनुसार उनले आफूलाई कम्प्युटर इन्जिनियर बताएकी छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। विरगंजको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा प्रकरणमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादीका नेता वर्षमान पुनले माओवादीलाई प्रधानमन्त्रीबाटै धम्की आइरहेको बताएका छन्। आइतबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद पुनले आफूहरूलाई प्रधानमन्त्री र गठबन्धनका माथिल्लो तहबाटै निरन्तर धम्कीहरू आइरहेको बताएका हुन्। उनले सरकार पक्षबाट धम्कीहरू आइरहे पनि माओवादी नडराएको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले रास्वपालाई माओवादीबाट संसदीय अभ्यास सिक्न सुझाव दिएका छन्। आइतबारको प्रतिनिधि सभामा बोल्दै सांसद पुनले भिजिट भीसा प्रकरणमा छानबिनका लागि सरकार तयार भइसकेको दाबी गर्दै प्रतिपक्षका माग ‘एक ढंगले सम्बोधन भइसकेको’ले रास्वपाका सांसदहरूलाई पनि संसदीय प्रक्रियामा भाग लिन आग्रह गरे।
बिएल संवाददाता - काठमाडौं
संसदको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको बैठक चलिरहेको छ। सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए। सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .