
ओलीको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्ने, टीयू क्रिकेट मैदानलाई ४० करोड
सरकारले झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेको छ। बिहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलल काठमाडौंको मुलपानीलगायत मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाहरूका लागि ४२ करोड विनियोजन गरिएको जानकारी गराए। त्यस्तै उनले खेल पूर्वाधार र संरचनाहरूमा लगानी बढाउँदै लैजाने र खेल क्षेत्रमा निजी क्षेत्रलाई समेत आकर्षित गरिने पनि बताए। यस्तै, कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ।

बिएल संवाददाता - काठमाडौं