बिएल संवाददाता
नामः मनिषा सन्तोष कदम। उमेरः ४२ वर्ष। जन्मः मंचर– भारतको महाराष्ट्र राज्य। पेशाः खाना पकाउने। परिवारः ४८ वर्षीय श्रीमान सन्तोष, २१ वर्षीया छोरी ऋतुजा र १७ वर्षीय छोरा सुजल। बस्दैआएको स्थानः महाराष्ट्रको ठाणे जिल्लास्थित दिवा, ३७ वर्ग मिटरमा बनेको आफ्नै घर।
भारतको आर्थिक राजधानी मुम्बईबाट करिब एक घण्टाको दूरीमा छ। व्यस्त सडकछेउमा रहेको सानो घरमा दुइटा कोठा छन्।
घरभित्र मध्यम आकारको हल छ, जहाँ परिवारका सबै सदस्य सँगै सुत्छन्। अर्कोतिर सानो भान्छा छ। त्यहाँ कुनै बगैँचा वा खुला चौउर छैन।
मनिषाको मासिक आम्दानीः दक्षिण मुम्बईको भायकुला क्षेत्रको एउटा घरमा दिनको आठ घण्टा कुकको रूपमा काम गर्छिन्। उनले प्रतिमहिना १७ हजार भारु कमाउँछिन्। भारतको दैनिक न्यूनतम ज्याला हाल १७६ रुपैयाँ छ।
मनिषाका श्रीमान सन्तोष इलेक्ट्रिसियनको रूपमा काम गर्छन्। उनी ३ देखि ४ हजार भारु मासिक आम्दानी गर्छन्।
मनिषा र श्रीमान सन्तोषको कमाइ थोरै भएपनि महिनाको कुल खर्च ज्यादैछ। उनले पारिवारिक खर्च धान्न सरकार, साथीभाइ र आफन्तबाट लिएको ९० हजार ऋण पनि तिरिन्।
०००
हरेक दिन एकाबिहानै ६० लाखभन्दा बढी मानिसहरू काम वा अध्ययनको लागि ‘मुम्बई सहर’मा आ–आफ्नो भविष्य खोज्दै ‘रेलको यात्रा’ गर्छन्।
बम्बैतिर दिनरात फन्किने लाखौँ रेलका यात्रुमध्ये एक हुन्– ४२ वर्षीया मनिषा सन्तोष कदम।
मुम्बईको बाहिरी भागमा रहेको दिवास्थित आफ्नै घरबाट यात्रा गर्छिन् उनी। एक घण्टा २० मिनेटको यात्रा गरेर उनी दिनदिनै भायकुलाको अपमार्केट जान्छिन्। जहाँ उनले दुई वर्षदेखि खाना पकाउने काम गरिरहेकी छिन्।

मनिषा सूर्योदयभन्दा ठीक अघि उठ्छिन्। आफ्नो काम पूरा गर्छिन्। र, काममा लाग्छिन्।
मुम्बईबाट साढे तीन घण्टाको दूरीमा रहेको आफ्नो जन्मगाउँ मंचरबाट उनी १२ वर्षअघि ठूलो आशा बोकेर ‘सपनाको सहर’मा आएकी थिइन्। मनिषा र उनका श्रीमान सन्तोष मराठा हुन्।
‘आफ्ना सपना पूरा गर्न यो भीडभाड भएको सहरमा आउने धेरै मानिसजस्तै म पनि १२ वर्षअघि मेरो गाउँबाट यहाँ आएको थिएँ,’ उनले रेलको झ्यालबाट बाहिरतिर दृश्य हेर्दै भन्छिन्, ‘म जीविकोपार्जन गर्न र छोराछोरीलाई विद्यालय पठाउनको लागि मुम्बई आएकी थिएँ।’
चार दाजुभाइमध्येकी एक मनिषाले १० वर्षको उमेरदेखि नै आफ्नो परिवारको लागि पैसा कमाउँदै आएको बताउँछिन्।
१० कक्षा पढ्दा–पढ्दै विद्यालय जान छाडेपछि उनले आफ्नो बाल्यकाल र किशोरावस्थाका वर्षहरू मंचरमा आफ्नो परिवारको तरकारी खेतमा काम गरेर बिताइन्।

मनिषाले विवाह र छोराछोरी जन्माएपछि पनि खेतीपाती गरिरहेकी थिइन्। तर उनले धान, आलु र कोदो खेतीमा लाग्दा राम्रो आम्दानी गरिनन्।
मनिषाका इलेक्ट्रिसियन श्रीमान १२ वर्षअघि बेरोजगार थिए, उनको कमाइमा परिवारले जीवन धान्न संघर्ष गरिरहेको थियो। र, उनीहरूले मुम्बई छिर्ने निधो गरे।
‘मेरी छोरी ३ कक्षामा पढ्थिन्। मेरो छोरा मुम्बई आउँदा सानै थियो। अहिले छोराछोरीहरू ठुल्ठूला भइसके,’ उनी रेलबाट ओर्लिंदै गर्दा भन्छिन्, ‘मुम्बईको जीवन एकदमै तीव्र गतिमा चलिरहेको छ।’
अलजजिराले पछ्याइरहँदा मनिषा भायकुला स्टेशनतर्फ अर्को रेल समात्न मानिसहरूको भीडबाट दौडिन्छिन्। त्यसो त यात्रुहरू सास नफेरी कुदिरहेकै हुन्छन्। जति सक्दो चाँडो आ–आफ्नो गन्तव्यमा पुग्न सबैलाई हतार छ।

‘मेरो दैनिक यात्रामा मुम्बईको जीवन यस्तै देखिन्छ, जहाँ म मासिक टिकटको लागि २५१ भारु तिर्छु। सबैजना आ–आफ्नो कार्यस्थलमा जाँदै गरेकोले यो यात्रा गर्ने सबैभन्दा उपयुक्त समय हो,’ उनी सुनाउँछिन्।
मनिषा खाना पकाउने काममा जोडिनुअघि घरछेउमै तरकारी बेच्थिन्। ‘म चाँडै उठ्ने गर्थेँ। मुम्बईको कल्याणछेउ जान्थेँ। तरकारी किन्थेँ र त्यसपछि दिवा पुगेर बेच्थेँ,’ उनी भन्छिन्।
हिजोआज उनी आफ्नै काम व्यस्त छिन्। मनिषाको एउटा ठूलो सपना छ, त्यो भनेको छोराछोरी शिक्षित बनुन् र विलासितामा रमाउन्।

नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया