त्रिकोणात्मक टी-२० सिरिज: नेदरल्याण्डसविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै
नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ। त्रिवि मैदानमा हुने खेलमा नेपालले टस जितेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। योसँगै नेदरल्याण्डसले पहिला ब्याटिङ गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं