बिएल संवाददाता
काठमाडौँकाे गौशाला क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा डाेजर चलेको छ। काठमाडौं महानगरपालिकाले शुक्रबार डोजर चलाएको हाे।
जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन महानगरले सूचना जारी गरेकाे भए पनि खाली नगरेपछि महानगर आफैले डोजर चलाएको छ। डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो।
चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउने कार्यअन्तर्गत शुक्रबार यस क्षेत्रमा डोजर चलाइएको महानगरले बताएको छ।
सडक विभागका अनुसार अतिक्रमण गरेर सडक सीमामा बनेका घरहरूलाई स्थानीय सरकारको अग्रसरतामा हटाउन लागिएको हो।
संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए। त्यसक्रममा सामाजिक अभियान्ता भन्ने ब्यक्ति सुमन सायमीलगायतलाई प्रहरीले पक्राउसमेत गरेको छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया