बिएल संवाददाता
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नुपर्ने बताएका छन्।
आइतबार नेपाली कांग्रेसको १०० दिने अभियानअन्तर्गत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मनदेखि नै पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘काम गरे भनेर मात्र हुँदैन। हामीले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नुपर्छ। मनदेखि नै पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्न सक्नुपर्यो। अहिले नेपाली कांग्रेस पार्टीमा चाहिँ अलिकति कमिकमजोरी के भइरहेको छ भन्दा खेरी नेपाली कांग्रेस त कांग्रेस नै हो। तर यो पार्टी पनि ए, बि, सि र डि को नाममा अगाडि बढिरहेको छ।’
साथै उनले ए र बि को लेबलमा नराखेर केन्द्रबिन्दुमै कांग्रेस पार्टीलाई लग्नुपर्ने बताए। उनले कांग्रेस पार्टीभित्रै इमानदार भएर अगाडि बढ्नुपर्ने बताए।
उनले भने, ‘ ए र बि को लेबलमा पार्टीलाई राख्नु हुँदैन। हामीले कांग्रेसलाई अगाडि बढाउन किन नसोच्ने? यो लिडरस्हरु आउँछन्, जान्छन् यो बेग्लै कुरा हो। तर कुरा के हो भन्दा खेरी कांग्रेसलाई केन्द्रबिन्दुमा राखेर कांग्रेसलाई हित हुने काम चाहिँ अब हामीले गर्नुपर्छ।’
यसैगरी उनले निर्वाचन क्षेत्रको मतदाताहरुको मन दुखायो भने गाहे हुन्छ भन्ने कुरा सबै जनप्रतिनिधिहरुमा महशुस हुन जरुरी रहेको बताए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया