बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफैँले सहकारीबाट पैसा लिएकाे प्रमाण फेला परेकाे दाबी गरेका छन्।
प्रेस चौतारी नेपाल चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले चेकमा हस्ताक्षर गरेर आफैँले पैसा लिनेसम्मकाे काम गरेकाे प्रमाण फेला परेकाे दाबी गरेका हुन्।
‘उहाँले नयाँ पार्टी खाेलेर राजनीतिमा आइसकेपछि पनि चेकमा हस्ताक्षर गरेर आफैँले पैसा लिनेसम्मकाे काम गरेकाे प्रमाण फेला परेकाे छ। त्यसपछि उहाँले गल्ती गर्नुभएकाे हाेइन भन्ने कुरा चाहिँ अदालतकाे विषय हाे’, उनले भने।
साथै महासचिव पोखरेलले पूर्वगृहमन्त्री लामिछानेले संगठित रूपमा सहकारीकाे रमक अपचलनकाे लागि याेजना बनाएकाे देखिएकाे समेत जिकिर गरेका छन्।
‘उहाँले प्रतिसाेध प्रतिसाेध भन्दै हुनुहुन्छ, तथ्यले चाहिँ त्यसाे देखाउँदैन, उनले भने, ‘तथ्यले चाहिँ एउटा संगठित रूपमा नै अपचलनकाे लागि याेजना बनाएकाे देखाउँछ।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया