बिएल संवाददाता
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि प्रहार भएकाे खाेया फ्रेममा सजाएर राख्ने बताएका छन्।
पाेखराकाे कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा आफूमाथि एक व्यक्तिले प्रहार गरेकाे खाेया आफूले देखेका सपना पूरा नभएसम्म सजाएर राख्ने लामिछानेकाे भनाइ छ।
शनिबार पाेखरामा आयाेजित पार्टीकाे सभालाई सम्बाेधन गर्ने क्रममा लामिछानेमाथि सन्ताेष रानाभाट नाम गरेका व्यक्तिले खाेया प्रहार गरेका थिए। लामिछानेले उक्त खाेया आफ्नाे जीवनकाे महत्वपूर्ण सर्टिफिकेट भएकाे बताउँदै त्यसलाई सजाएर राख्ने बताए।
‘यसलाई मैले सकारात्मकरुपमा लिएको छु। म यसलाई जबसम्म सजाएर राख्नेछु, तबसम्म तपाईंले र मैले देखेको साझा सपना पूरा हुने छैनन्’, उनले भने, ‘मेराे घरमा मैले संसारले मानेकाे वर्ल्ड रेकर्डकाे सर्टिफिकेट पनि राखेकाे छैन तर मेरा लागि त्याे भन्दा महत्वपूर्ण सर्टिफिकेट आज मेरा एकजना साथीले दिएर जानुभयाे, मेराे उहाँप्रति अघात सम्मान छ।’
उलने आफूमाथि जतिसुकै प्रहार भएपनि जनताकाे काममा निरन्तर लाग्ने वचन दिए।
भिडियाे :
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया