बिएल संवाददाता
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह(बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५०औँ वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताए।
उनले भने,‘५० औँ वर्षदेखि जग्गाको समस्या समाधान भएको छैन। उहाँहरू मुआब्जा पाउनुभएको छैन। कहिले कुन सरकार हुँदाखेरि अपाेजिसनले मान्छ कि मान्दैन मुआब्जा दिन भनिन्थ्याे। कहिले अर्का सरकार हुँदाखेरि अरू बहुमत हुनेले मान्छ कि मान्दैन भन्ने हुन्थ्याे। यसपाली त बहुमत भएको दुई तिहाईको सरकार छ। त्यही पनि केही गरेको छैन। कोही नेताले तपाईंहरुको काम प्रकृयामा छ, काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला। कुनै प्रोसेस भएको छैन। केही काम भएको छैन।’
उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री, गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए।
उनले भने, ‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ। यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन। अहिलेको दुई तिहाईको सरकारले चाहेमा जे पनि गर्न सक्छ। गृहमन्त्री आफ्नै ,अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ। अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन।’
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया