सुनिता लामा
जुम ब्यूटी एकेडमीमा गएको दुई सातादेखि सञ्चालित शाखा परीक्षा अन्तर्गत आज नेल एक्स्टेन्सनको फाइनल परीक्षा सम्पन्न भएको छ।
जुमको कौशलटार शाखामा सम्पन्न उक्त परीक्षामा गएको साता सम्पन्न भएको नेलको परीक्षामा उत्कृष्ट स्थानमा आउन सफल १२ जना प्रतिस्पर्धीबीच फाइनल परीक्षा भएको हो।
बालाजु शाखाबाट ५ जना, स्यम्भु शाखाबाट २ जना, बौद्धबाट १ जना, महाराजगन्जबाट १ जना, ग्वार्कोबाट १ जना, कुपोन्डोलबाट १ जना र गोंगबुबाट १ जना गरेर जम्मा बाह्र जना प्रतिस्पर्धीहरू सहभागी थिए।
करिब चार घन्टा सञ्चालित परीक्षामा सबै प्रशिक्षार्थीहरूले आफूले सक्दो उत्कृष्ट नतिजाको आसा राखेको बताएका थिए।
जुम ब्यूटी एकेडेमीले नेपालमा पहिलोपटक साे परीक्षा र प्रतिस्पर्धाहरूको आयोजना गरेको र यसले सौन्दर्य क्षेत्रमा पनि उत्कृष्ट सेवा र अर्न्तराष्ट्रियस्तरको कोर्शहरू प्रतिपादन गर्न सकिन्छ भन्ने विचार राख्छिन् नेल एक्स्टेन्सनकै एक निर्णायक दिपा शिवभक्ति।
सौन्दर्य क्षेत्रमा कलेज वा एकेडेमी स्तरको परीक्षाहरू सञ्चालन गर्दा विद्यार्थी र प्रशिक्षार्थीहरूमा आफूले सिकेको सीपले अझ बढी निखारता पाउने र अर्न्तराष्ट्रिय स्तरमा यसको व्यवसायीकरण हुने बताउँछन् जुम ब्युटी एकेडेमीका निर्देशक कृशप त्वनाबाशु।
आज सम्पन्न नेल एक्स्टेन्सनको परीक्षामा जुनु चक्रधर, मुनु चक्रधर, निर्जला श्रेष्ठ, दिपा शिवभक्ती, युशा लिम्बुलगायत पाँच जना निर्णायकको भूमिकामा थिए।
यस फाइनल परीक्षाबाट छनौट भएका उत्कृष्ट तीन जनालाई विशेष अवार्ड, प्रमाणपत्र, गिफ्ट ह्याम्पर, रोजगारको अवसर समेत दिइने त्वनाबाशुले बताए।

पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया