बिएल संवाददाता
भोलि आइतबार प्रदेश तथा प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन हुँदैछ। चुनावी माहोलले उम्मेदवार र जनतामा उत्साह छाएको छ। उम्मेदवारहरु चुनाव जितेर देशको नेतृत्व गर्ने रङ्गीन सपनासहित संसद भवन छिर्न तम्तयार छन्। मतदाता सक्षम उम्मेदवारलाई विजयी बनाएर देशको भविष्य निर्धारण गर्ने घडीमा उभिएका छन्।
चुनाव मतदाताको लागि ठुलो अवसर हो, सक्षम उम्मेदवारलाई देशको नेतृत्व सुम्पने र अयोग्य उम्मेदवारलाई बिदा गर्ने। तर, देशका सयौँ युवालाई निर्णायक भूमिकाबाट उठाएर परिस्थितिले देशबाटै बिदा गरेकाे छ।
उनीहरु देशको चुनावी तामझामबाट अलगिए, हरियो पोसपोर्ट हातमा समाए र परिवारको पेट पाल्न टुप्लुक्क आँसुका ढिका जन्मभूमिमा खसाल्दै बिदाइका हात हल्लाए।
छाेएन उनीहरुलाई नेताका भाषणले, चित्त बुझेनन् उम्मेदवारहरु, लागेन उनीहरुलाई देशमा बसेर परिवारकाे पेट पाल्न सकिन्छ भन्ने अनि उम्मेदवारका घाेषणापत्र डस्विनमा मिल्काएर हरियाे पासपाेर्ट काखी च्यापेर बिदा भए, जन्मभूमिबाट।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया