बिएल संवाददाता
इन्डो-पाक तनावपछि नेपाल-भारत सीमामा भारतीय बीएसएफ र नेपालको सशस्त्र प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन्।
पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै एपीएफ र बीएसएफले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको हो।
सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान-प्रदानलाई तिब्रता दिएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
एक बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिएको छ। अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरूलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिएको छ भने बाहिनी मुख्यालयहरुले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका छन्।
सीमा ईलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरूको परिचयपत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भईरहेको छ। सम्भावित संकित स्थानहरूमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्यसमेत गरिराखेको छ।
नेपाल-भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्यसमेत गरिएको एपीएफले जनाएको छ।
यसैगरी शहरी क्षेत्रका संभावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरूमा निगरानी बढाइएको डीएसपी थापाले बताए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया