बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका दुई ठुला पार्टी भ्रष्ट भएको आरोप लगाएका छन्।
आइतबार एकीकृत समाजवादी केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमाले सबैभन्दा घमण्डी र दलालवादी पार्टी भएको आरोप लगाएका हुन्।
उनले भने, ‘अहिले दुई पार्टीको सरकार बनेको छ। यस्तो विश्व परस्थितिमा दुई दलको सरकार बनेको छ। दुइवटै घमण्डी र भ्रष्ट पार्टी हुन्। अवसरवादी पार्टीहरु हुन्। एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादकै प्रतिनिधि भइहाल्यो, अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो। दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादीको घेराबन्दीमा गठबन्धन सरकार बनेर के निश्चित गर्छ भने दुई पार्टी सिस्टममा बस्न सक्दैनन्।’
उनले एउटै पार्टीले बहुमत लिएर आए पनि मल्टिपाटी सिस्टममा नटिक्ने जिकिर गरे।
उनले भने, ‘कमसेकम नेपालमा असम्भव छ, मल्टिपाटी सिस्टम। केही हुनेवाला पनि छैन। देशमा मल्टिपाटी सिस्टम स्थापना भएपनि पुँजीवाद मल्टिपाटी सिस्टम हो। पुँजीवादमा मल्टिपाटी सिस्टम अन्त्यसम्म रहन्छ।’
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया