बिएल संवाददाता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अहिले सहकारीप्रति खराब होहल्ला फिजाउने ट्रेन्ड बढेको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित नेपाल सहकारी पत्रकार समाजको स्थापना दिवको अवसरमा सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।
उन अहिलेको वास्तविक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति ऐनमा सुधार गरेर सहजीकरण र परिणाममुखी बनाउने सुझाव दिनुपर्ने ठाउँमा सहकारी जति सबै खराब हुन् भन्ने गलत ट्रेन्ड चलिरहेको बताएका हुन्।
मन्त्री अधिकारीले भने,‘अहिले सहकारीप्रति विभिन्न किसिमका होहल्ला फिजाउने काम भएका छन्। कतिपय कुराहरु हामी नयाँ परिवर्तनमा आएका छौँ। ऐनमा यो कुरा मिलेन अहिलेको वास्तविक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति यो कुरा ऐनमा मिलेन, सुधारेर जानुपर्यो भन्नुपर्यो, तर ती कुराहरुलाई सुझावको रुपमा सहजिकरणको रुपमा र परिणाममुखी बनाउने रुपमा भन्दा सहकारी भनेको सबै खराब हुन् भन्ने ट्रेन्ड चलिरहेको छ।’
उनले सरकारले सहकारीका समस्या समाधान गर्नका लागि सहकारीभित्र काम गर्ने अगुवाहरुको सुझाव र पीडित जनताहरुको सुझाव लिएर नै काम अगाडि बढाइरहेको बताए।
‘हामीले सहकारीका समस्या समाधान गर्नका लागि अहिले देखिएका सहकारीभित्र काम गर्ने अगुवाहरुको सुझाव र पीडित जनताहरुको सुझाव लिएर नै काम अगाडि बढाइरहेका छौँ’, मन्त्री अधिकारीले भने।
उनले काम गर्न खोज्दा खोज्दै पनि सीमित स्राेत र साधनको कारण काममा ढिलाई हुने गरेको गुनासोसमेत गरे।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया