बिएल संवाददाता
नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चाैधरीलाई देशद्राेहीकाे मुद्दा लगाउन माग गरेका छन्।
चौधरीले केही दिनअघि कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग भारतको दावी पुग्छ भन्ने विवादित अभिव्यक्ति दिएका थिए।
साेमबार प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै सांसद ढकालले चौधरीका उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै देशद्राेहीकाे मुद्दा लगाउन माग गरेका हुन्।
‘एक जना माननीयज्यू, पूर्वमन्त्रीज्यूले एक सञ्चारमाध्यममा आफ्नाे विचार राख्ने क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकाे भू-भाग हाेइन, याे भारतकाे भू-भाग हाे, भारतकाे दाबी जायज छ भन्ने विचार व्यक्त गर्नुभएकाे छ। याे संविधान विराेधी र गैरजिम्मेवारी अभिव्यक्तिप्रति खेद व्यक्त गर्न चाहन्छु, यस्ता गैरजिम्मेवारी अभिव्यक्ति दिने व्यक्तिलाई देशद्राेहीकाे मुद्दा लगाउन सभामुखज्यूलाई आग्रह गर्न चाहन्छु’, उनले भने।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया