बिएल संवाददाता
नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चाैधरीलाई देशद्राेहीकाे मुद्दा लगाउन माग गरेका छन्।
चौधरीले केही दिनअघि कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग भारतको दावी पुग्छ भन्ने विवादित अभिव्यक्ति दिएका थिए।
साेमबार प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै सांसद ढकालले चौधरीका उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै देशद्राेहीकाे मुद्दा लगाउन माग गरेका हुन्।
‘एक जना माननीयज्यू, पूर्वमन्त्रीज्यूले एक सञ्चारमाध्यममा आफ्नाे विचार राख्ने क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकाे भू-भाग हाेइन, याे भारतकाे भू-भाग हाे, भारतकाे दाबी जायज छ भन्ने विचार व्यक्त गर्नुभएकाे छ। याे संविधान विराेधी र गैरजिम्मेवारी अभिव्यक्तिप्रति खेद व्यक्त गर्न चाहन्छु, यस्ता गैरजिम्मेवारी अभिव्यक्ति दिने व्यक्तिलाई देशद्राेहीकाे मुद्दा लगाउन सभामुखज्यूलाई आग्रह गर्न चाहन्छु’, उनले भने।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया