बिएल संवाददाता
दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितहरुले भेट्न इन्कार गरेका छन्।
कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज(आइतबार)दिनभर राजनीतिक भेटघाट गर्नमा व्यस्त रहेका महामन्त्री थापाले सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवम् हालका सूर्यदर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतका सहकारी पीडितलाई भेट्न इन्कार गरेका हुन्।
महामन्त्री थापाले भेट्न इन्कार गरेपछि सूर्यदर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष श्रेष्ठ थापालाई नभेटी फकिएका हुन्।
सहकारीसम्बन्धी मुद्दा अदालतमा चलिरहेका कारण सहकारी मुद्दासँग सम्बन्धित पक्षलाई महामन्त्री थापाले भेट्न इन्कार गरेको स्थानीयबासीले जानकारी दिएका छन्।
यता, रवि लामिछानेविरुद्ध यथेष्ट प्रमाण छ भनेर संसदमा बोलेका महामन्त्री थापासँग प्रमाण खोज्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित पीडितहरुसँग कांग्रेस कास्कीको अगाडि सहकारी पीडितहरुको केहीबेर हात हालाहाल भएको थियो।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया