बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले राजा र राजसंस्था नेपाली जनताकाे नै माग भएका कारण आन्दाेलन नराेकिने बताएका छन्।
अहिले गणतन्त्रवादीहरू डराएकाे भन्दै उनीहरूले विराेध गर्दैमा वा निषेध गर्दैमा आफ्ना आन्दाेलनका कार्यक्रमहरू कुनै हालतमा नराेकिने दाबी गरेका हुन्।
आफूहरूले कसैलाई गाली गर्नका लागि आन्दाेलन र जुलुशहरू नगरेकाे भन्दै शाहीले नेपाली जनताकाे मागलाई साथ दिएकाेमात्रै बताए।
‘आन्दाेलन जितेर राजा र राजसंस्था फालेकाे हाेइन। जनमत संग्रह पनि गरेकाे हाेइन। कानुन बनाउँछाैं भनेर जनतासँग भाेट मागेर राजसंस्था फालेका हुन्। त्याे एउटा छलकपट थियाे’ उनले भने ‘जुलस हामीले गरेकाे हाेइन। जनताले राजा र राजसंस्था मागेका हुन्। आफ्नाे राजालाई नेपाली जनताले स्वागत गरेका हुन्। हामीले कसैलाई गाली गर्नका लागि जुलुस गरेका हाेइनाैं।’
बिएल नेपाली सेवासँग भिडिओ कुराकानी गर्दै शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै याे देशका गिराेहहरूका सरदार भएकाे पनि आराेप लगाए।
शुक्रबारमात्रै सिन्धुपाल्चाेकमा आफ्ना कार्यकर्ताहरूलाई सम्बाेधन गर्ने क्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहीलाई निकै तल्लाेस्तरका गाली गरेका थिए।
‘राजा तपाईंजस्ताे आतंकवादी हाेइन। तपाईंलाई याद हाेला हाेलेरी काण्ड। त्याे बेला राजाले चाहेकाे भए तपाईंलाई त्याे बेलै मारिदिन्थे गिरिजाप्रसाद काेइराला प्रधामन्त्री हुँदा उहाँले सेना माग्नुभएकाे थियाे’ प्रवक्ता शाहीले भने ‘तर प्रचण्ड पनि यही देशकाे नागरिक हाे भनेर राजाले सेना चलाउन दिनु भएन। त्यसैले राजा तपाईंजस्ताे आतंकवादी हाेइनन्।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया