बिएल संवाददाता
संसदको वर्षे अधिवेशनको अन्तिम दिन सभामुख देवराज घिमिरेले १० भन्दा धेरै बैठकमा उपस्थित नहुने सांसदहरूको नाम र कारणबारे जानकारी दिएका छन्।
उनका अनुसार १४ जना सांसदहरू उपचार र भ्रमण तथा घरेलु काममा व्यस्त भएका कारण संसदका १० भन्दा बढी बैठकमा उपस्थित हुन नसकेका हुन्।
तीमध्ये सबैभन्दा धेरै अनुपस्थित हुने सांसदहरूमा मनोरमा शेरचन, बसन्त नेम्वाङ र सीता बस्नेत छन्। शेरचन र नेम्वाङ बिरामी भएका कारण यो अधिवेशनमा बसेका ५६ वटै बैठकमा उपस्थित हुन सकेनन्। त्यस्तै बस्नेत पनि उपचारका कारण ४७ वटा बैठकमा उपस्थित भइनन्।
त्यस्तै सांदस अम्बिका बस्नेत २६, राजु थापा १०, नारायण खड्का १६, प्रकाशमान सिंह १७, सुनिलकुमार शर्मा ११, कान्तिका सेजुवाल १५, गोकर्णराज बिष्ट १२, कालुराम राई १८वटा बैठकमा उपस्थित भएका छैनन्।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया