बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले स्थानीय तह र प्रदेश सरकारले संविधानको मर्मअनुसार काम गर्न नसकेको बताएका छन्।
बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पालिकाहरुलाई एकीकृत गरेर पाँच सयभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताएका हुन्।
उनले भने, ‘बलियो र स्वच्छ सुदृढ संघीय सरकार होस्, स्थानीय पालिकाहरुलाई ७५३ वटा चाहिँदैन, ५०० भन्दा मुनीमै जाउँ, अहिले धेरै पालिकाहरु मर्ज भएर शिक्षाको दृश्टिकोणबाट पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ। हामी मर्मअनुसार काम गर्न सकिरहेका छैनौँ।’
साथै उनले प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने बताए।
उनले मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा अन्यौलता सिर्जना भइरहेको बताए।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया