बिएल संवाददाता
अधिवक्ता डा. महेन्द्रजंग शाहले नेकपा (एमाले)ले व्यापारी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय निर्माणका लागि दान लिनु नैतिकहीन र भ्रष्ट काम भएकाे टिप्पणी गरेका छन्।
देशकाे नेतृत्व गरिरहेकाे व्यक्ति अध्यक्ष रहेकाे पार्टीले अदालतमा विचाराधीन मुद्दा रहेकाे व्यापारीबाट दान ग्रहण गर्नु एक किसिमकाे भ्रष्टाचार भएकाे अधिवक्ता शाहकाे भनाइ छ।
शाहले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म याे ब्रम्हाण्डका कुनैपनि देशका प्रधानमन्त्रीले नगरेकाे नैतिकहीन काम गरेकाे बताए।
सत्ताकाे नेतृत्व गरेकाे एमालेले पार्टी कार्यालय निर्माणका लागि ललिता निवास जग्गा प्रकरणमा मुद्दा खेपिरहेका भाटभेटनी सुपर मार्केटका मालिक गुरुङबाट कीर्तिपुर नगरपालिका वडा. नं. २, मैत्रीनगरमा ११ राेपनी जग्गासहित भवन निर्माण खर्च दान लिएकाे थियाे। सत्तामा रहेकाे पार्टीले लिएकाे याे दानकाे सबैतिरबाट आलाेचना भइरहेकाे छ।
भिडियाे:
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया