बिएल संवाददाता
केही महिना अघि पाटन मानसिक अस्पतालमा छोराको उपचार गराउनका लागि नुवाकोटबाट काठमाडौं आएकी ८८ वर्षीय भद्रकुमारी पाठक अहिले आफैं हराएकी छिन्।
अस्पतालबाट हराएको छोरालाई खोज्दाखोज्दै उनी आफैं हराएर गंगबुको ‘हिमालय वृद्धाश्रम’ पुगेकी छिन्।
बोरा बोक्दै सडकमा भौतारिरहेको अवस्थामा उनलाई प्रहरीले आश्रम पुर्याएको हो। आफू–कहाँ आइपुगे भनेर अझै राम्रोसँग ठम्याइ सकेकी छैनन् भद्रकुमारीले।
तर अझैपनि उनलाई कान्छो छोराको चिन्ता छ। मानसिक सन्तुलन गुमाइसकेका छोरालाई खोज्न अहिले पनि भद्रकुमारी तम्सिरहेकी छिन्।
१२ वर्षको उमेरमा विवाह भद्रकुमारीको सात सन्तान छन्। पाँच छोरा अनि दुई छोरी। तर सबैजना लाखापाखा लागे। बुढेशकालमा कोही छैनन् साहारा।
साहारा बनेका छन् त कान्छो छोरा। त्यहीपनि मानसिक गुमाइसकेका।
कान्छाबाहेक सबै छोराहरूले राम्रैसित गरिखाइरहेका छन्। तर डाँडाँको घाम भइसकेकी आमालाई कसैले वास्ता गर्दैनन्। बरू, आमाको वृद्धाभत्ता चलाउन समेत पछि पर्दैनन्।
चार छोराहरूमध्ये पनि सबैभन्दा सम्पन्न छन् साँइलो छोरा। काठमाडौंमा घर ठड्याएका छन्।
तर आमालाई राख्न चाहदैनन्। चासो दिँदैनन्।
त्यसैले त भद्रकुमारी पनि छोराहरूको साथमा बस्न रुचाउँदिनन्। उनी नुवाकोटै फर्किन चाहन्छिन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया