बिएल संवाददाता
केही महिना अघि पाटन मानसिक अस्पतालमा छोराको उपचार गराउनका लागि नुवाकोटबाट काठमाडौं आएकी ८८ वर्षीय भद्रकुमारी पाठक अहिले आफैं हराएकी छिन्।
अस्पतालबाट हराएको छोरालाई खोज्दाखोज्दै उनी आफैं हराएर गंगबुको ‘हिमालय वृद्धाश्रम’ पुगेकी छिन्।
बोरा बोक्दै सडकमा भौतारिरहेको अवस्थामा उनलाई प्रहरीले आश्रम पुर्याएको हो। आफू–कहाँ आइपुगे भनेर अझै राम्रोसँग ठम्याइ सकेकी छैनन् भद्रकुमारीले।
तर अझैपनि उनलाई कान्छो छोराको चिन्ता छ। मानसिक सन्तुलन गुमाइसकेका छोरालाई खोज्न अहिले पनि भद्रकुमारी तम्सिरहेकी छिन्।
१२ वर्षको उमेरमा विवाह भद्रकुमारीको सात सन्तान छन्। पाँच छोरा अनि दुई छोरी। तर सबैजना लाखापाखा लागे। बुढेशकालमा कोही छैनन् साहारा।
साहारा बनेका छन् त कान्छो छोरा। त्यहीपनि मानसिक गुमाइसकेका।
कान्छाबाहेक सबै छोराहरूले राम्रैसित गरिखाइरहेका छन्। तर डाँडाँको घाम भइसकेकी आमालाई कसैले वास्ता गर्दैनन्। बरू, आमाको वृद्धाभत्ता चलाउन समेत पछि पर्दैनन्।
चार छोराहरूमध्ये पनि सबैभन्दा सम्पन्न छन् साँइलो छोरा। काठमाडौंमा घर ठड्याएका छन्।
तर आमालाई राख्न चाहदैनन्। चासो दिँदैनन्।
त्यसैले त भद्रकुमारी पनि छोराहरूको साथमा बस्न रुचाउँदिनन्। उनी नुवाकोटै फर्किन चाहन्छिन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया