माधव ढुङ्गेल
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पहिलो संविधानसभामा कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले केही नेताहरूको षड्यन्त्रले नेपालमा धर्मनिरपेक्षता घोषणा गरिएको दाबी गरेका छन्।
बीएल नेपाली सेवासँगको कुराकानीका क्रममा नेता घिमिरेले नेपालको संविधान घोषणा गर्ने क्रममा नै अपराध गरिएको जिकिर गरे। उनले डेमोक्रेटिक तरिकाले संविधान बनाएका भारत र अमेरिकामा संविधानको धारा-धारामा छलफल र मतदान भएर संविधान पास गरेको तर, नेपालमा एकमुस्ट पास गरिएको बताए।
उनले भने, ‘नेपालमा तीनजना नेताहरू एकजना सुवास नेम्वाङजी बितेर जानुभयो, एकजना डा. बाबुराम भट्टराई अर्का एकजना कृष्णप्रसाद सिटौलाले मस्यौदा तयार पारेर- हुन्छ भन्ने हुन्छ भन्नुस्, हुन्न भन्ने हुन्न भन्नुस् भनेर एकमुस्ट पास गरियो। यो जस्तो अपराध केही पनि होइन।’
उनले पहिलो संविधान सभाका सभासदहरूलाई के पढियो, के पढिएन भन्ने नै थाहा नपाएका र टेबुल ठोक्नु बाहेक केही काम नगरेको टिप्पणी गरे।
उनले धर्मनिरपेक्षताको विषय संसदमा पेस गर्ने दस्तावेजमा उल्लेख नै नभएको समेत दाबी गरे।
उनले भने, ‘संसदमा पेस गर्ने दस्तावेज सांसदहरूलाई बाँडिन्छ। तर धर्म निरपेक्षताको बारेमा न त पेस गर्नुअघि बाँडेकोमा छ न बैठकपछि बाँडेकोमा छ। अहिले जानुस् रेकर्डमा पनि छैन। आवाजमा मात्रै छ भ्वाइस् रेकर्डमा। दस्तावेज नै छैन। देशमा यसरी षड्यन्त्र गरेर यस्ता महत्वपूर्ण मुद्दाहरूमा…।’
उनले पहिलो संविधान सभामा रोष्ट्रमबाटै बोलेको कुरा स्मरण गर्दै भने, ‘यदी संविधान सभाबाट संविधान जारी गरेर स्थायित्व दिने हो भने हामीले धर्मनिरपेक्षता, संघियता, समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्रको बारेमा जनमत संग्रह गर्नुपर्छ नत्र स्थायीत्व हुँदैन भनेर भनेको थिए। अहिले त्यही हुँदैछ।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया