बिएल संवाददाता
राष्ट्रिय लोक संगीतकर्मी नेपालले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर देउसी–भैलो खेलेको छ।
लोक संस्कृतिको संरक्षण र प्रचार प्रसार गरी शान्ति, प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको संरक्षण गर्ने उद्देश्यले शीर्ष नेताहरुको घरमा देउसी–भैलो कार्यक्रम तय भएअनुसार पूर्वप्रधानमन्त्री निवासमा देउसी खेलिएको हो।

देउसी–भैलाको कार्यक्रममा प्रधानमन्त्री निवास बालुवाटार, माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटार र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर र कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा देउसी–भैलो खेल्ने कार्यक्रम रहेको बताइएको छ।



यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया