बिएल संवाददाता
२५ वर्षअघि नेपाली बजारमा चर्चित थियो चाइनिज प्रोडक्ट ‘सुइँचो’। जसले रुघाखोकी जस्ता समस्याहरूलाई कम गर्न मदत गथ्याे।
सुगन्धित तेलहरूको मिश्रणले उत्पादित सुइँचोले जस्ताे काम गर्नसक्ने प्राेडक्ट बनाउने लक्ष्य बाेकेकाे जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले पनि ‘सन्चो’ उत्पादन गर्न थाल्यो।
वि.स २०३८ सालदेखि सञ्चालित कम्पनीले जडीबुटीको खेती पनि गर्दैआइरहेको थियो।
त्यही खेतीबाट उत्पादित जडीबुटीलगायत सुगन्धित तेलबाट कम्पनीले ‘सन्चो’को उत्पादन सुरू गर्यो। र, नेपाली बजारमा स्थापित हुन र विदेशी प्रोडक्टलाई विस्थापित गर्न सफल भयो।
अहिले प्रत्येक नेपालीहरूको हात–हातमा भेटिन्छ सन्चो। जसले रुघाखोकीलाई निको बनाउनका साथै विभिन्न दुखाइलाई पनि कम गर्छ।
त्यसैगरी जडीबुटी उत्पादन कम्पनीले गत वर्षमात्र ‘जटामसी केश तेल’ पनि भित्र्याएको छ। यसले कपाल झर्ने समस्या राेक्नका साथै कपाललाई बलियाे बनाउँछ।
साेहीकारण उपभाेक्ताहरूले रूचाइरहेकाे जटामसी केश तेलकाे माग अहिले बजारमा बढिरहेको छ।
नेपाली उत्पादनलाई चिनाउने अनि उपभोक्ताहरूलाई सेवा दिने उद्देश्यले स्थापित जडीबुटी कम्पनीले अब कस्ता प्रोडक्ट भित्र्याउने तयारी गरिरहेको छ?
यही विषयमा केन्द्रित रहेर बिएल नेपाली सेवाका लागि ईश्वरी राई ‘इशु’ले कम्पनीकी उत्पादन प्रबन्धक उषा रिजालसँग गरेको कुराकानी–
भिडियाे :
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया