बिएल संवाददाता
नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तीमगरले राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिकभन्दा पनि मानसिक हिंसा बढी हुने गरेको बताएकी छन्।
‘महिला हिंसाविरूद्ध म बोल्छु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानसिक हिंसा भएपनि महिलाहरुले निरन्तर लडाइँ गरेर हार मान्न नहुने बताएकी हुन्।
उनले भनिन्, ‘स्थानिय तहमा ४० प्रतिशत महिलाहरुको उपस्थिति छ भनेर हरेक पुरुष साथीले भाषण गर्नुहुन्छ, राजनीतिमा महिलाहरुलाई शारीरिकभन्दा पनि मानसिक हिंसा धेरै हुन्छ। त्यो मांनसिक हिंसा हुँदाखेरी हामीले हार खानु हुन्न। हामीले निरन्तर लडाँइ गर्नुपर्छ। हामी प्रत्येक व्यक्तिको पछाडि लेखियो भने थुप्रै उपन्यास बन्छन्। सबैभन्दा मुख्य कुरा राजनीति हो। सबै कुराको कमाण्ड राजनीतिले गर्छ।’
साथै उनले महिलाहरु कुनै क्षेत्रमा पनि कमजोर नभएको बताएकी छन्। महिलाहरु समाजको नियममै बसेर हरेक कामहरु दृढतापूर्वक गर्न सक्ने बताएकी हुन्।
उनले भनिन्, ‘कुनै क्षेत्रमा पनि महिला कमजोर छैनन्। महिलाहरु समाजको नियममै बसेर हरेक कामहरु दृढतापूर्वक गर्न सक्छन्। तर म जुन समय महिला सभापति भएँ, त्यो समयको अनुभव मलाई थुप्रै छ। उमेरको हिसाबले म सबैभन्दा सानो थिएँ। मन्त्री, सासंद सबैले मलाई छोरी भन्नुहुन्थ्यो। तर पनि म महिला सभामुख भएर पनि हरेक दलका नेताहरुलाई भेट्न घरघरमा पुग्थेँ। अहिलेका सभामुख कोही घरघरमा पुगेको सुन्नुभएको छ?’
साथै उनले राजनीतिक दलहरुलाई एक बनाउनको लागि आफूले हरेक प्रयासहरु गरेको बताइन्। उनले राजनीतिक दललाई एक नगरिकन र एक ठाउँमा नल्याइकन बनाइएका कानुनहरु दिगो नहुने बताइन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया