बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाइएको भन्दै जनताले त्यसको न्यायपूर्ण फैसला सुनाउने बताएका छन्।
बिहीबार कीर्तिपूरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकारलाई खबरदारी गर्दैगर्दा पनि सुनुवाइ गरेन भने प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध रहेको भन्दै त्यहाँबाट पनि लडाइँ छेडिएमा देशव्यापी अभियान चलाउने चेतावनी दिए।
उनले भने, ‘प्रधानमन्त्रीबाट त मलाई असंवैधानिक रुपमा हटाइएको छ। तर, मलाई जनताप्रति विश्वास छ। त्यो असंवैधानिक र अलोकतान्त्रिक र निरङकुश कदमकाविरुद्ध त्यसको जनताले आफ्नो फैसला सुनाउनेछ। र, त्यसको लागि जरुरी पर्यो भने हामी नयाँ आन्दोलनतिर पनि जाने छौं। हामीले प्रतिपक्ष दलको नेताको तर्फबाट होस् वा विपक्षी दलको तर्फबाट वक्तव्य दिँदा या विपक्षका सबै नेताहरु मिलेर सरकारलाई खबरदारी गर्दैगर्दा यदी सरकारले त्यसको सुनुवाइ गरेन भने हामी प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौं। र, त्यहाँबाट पनि लडाइँ छेडिनेछ। हरेक पालिकापालिकाबााट र देशव्यापी अभियान चलाउनुपर्ने बाध्यतामा पनि पुग्नपर्ने हुनसक्छ हामीले भनेका छौं।’
उनले राजनीतिक परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको भन्दै त्यसको लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलनका सुरुवात गर्न आवश्यक रहेको बताए।
फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन आफू रातदिन देशभरी खटिरहेको पनि उनको भनाइ छ।
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया