आइतबार, १७ अगस्ट २०२५

म गाउँको मास्टर

विशाल केसी

विशाल केसी

काठमाडौं
News Image
• • •

यौवनको गतिलो उमेरबाट

पाठशालामा  बिताएका ती कालका पहरहरू

अझैं पनि  हिजोकै  कुरो हो जस्तो लाग्छ मलाई

 

समय, समाज र सभ्यताको

पाठ नित्य पढाउने म मास्टर

समयका ती दिन, रात अनि सभ्यताको वर्ष हरूमा

छिप्पिँदै -छिप्पिँदै

कहिले  बुढो भई सकेछु

मैंले थहाँ नै पाइनँ

 

मेरो शिक्षाको हातबाट

हुर्केका ती मेरा विद्यार्थी हरु

आज देश-विदेशका

ठूलो -ठूलो पद-आशन् मा बसेर

आ-आफ्नो जीवनका पहरहरु

काट्दै छन्

अनि एउटा राम्रो तलव खाने जागिरे भएका छन्

सम्भवतः आफ्नो दशाको दिशालाई

स्वादिलो बनाए सकेको छ

 

तर म गाउँको मास्टर आज पनि

त्यहीँ मेरो गाउँको स्कूलबाट

एक पाइलो पनि शहर तिर चाल्न सकेको छुइनँ

 

आदर्श अहिंसा र अस्मिताको

पाठ पढाउँदा- पढाउँदा

मेरो जीवन नै

आर्दश अहिंसा र अस्मिताको

एउटा अध्याय भईसकेछ

 

आज यौवनको त्यो गतिलो समयले पनि

मेरो बहिस्कार  गरिसकेको छ

मैले दिएको शिक्षाले

अरुको झुपडी पनि महल बन्यो

घरको आँगनमा मोटर गाडी

अनि आधुनिकीकरणको प्रगती देख्छु

 

तर

त्यो मेरो पुरानो माटोको घर

अझैसम्म पनि माटोको नै रह्यो

जब कुनै मेरो पाठशालाबाट हुर्केको विद्यार्थीले मलाई प्रश्न गर्छन्

गुरुबा हजुरले अझैसम्म  नौलो

बनाउन भा छैनन् भन्दा

 

मुटु भित्र कुद्दै गरेको रातो रगत

हिमशिखरको हिउँ जस्तो चिसो भएर

केही समय ऊ मृत्युमुखी हुन्छ

तर

म फेरि त्यहिँ पुरानो कर्मठ आदर्शवादी

मास्टरको रूपमा परिर्वतन हुँदै

उस्लाई भन्छु

लाटा माटोको घरमा बस्दा तातोको अनुभव हुँदैन भन्दै

म फेरि आफ्नो बाटो लाग्छु

 

तर

वास्तविकता यो हो कि

अनुभव किन हुँदैन

अनुभव त अवस्य हुन्छ

तर जब त्यो अनुभव आउँछ तबसम्म

जीवन, यौवन अनि इच्छाहरूको

मृत्यु भईसकेको हुन्छ

मृत्यु भईसकेको हुन्छ

 

अनी

म गाउँको मास्टर

त्यहीँ नदिको ढाडमा  बसेर

मेरो अतिथको यौवनको गतिलो उमेरसँग

एक्लै कुरा गर्दै बस्छ

एक्लै कुरा गर्दै बस्छ

 

(के सी सैनिक कवि हुन्)

शनिबार, माघ ०४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)