बिएल संवाददाता
अमेरिकी कामदार भिसा 'एचवान बी’ का लागि आइतबारदेखि अनलाइन आवेदन दर्ता खुल्ने भएको छ।
आर्थिक वर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका 'एचवान बी’ अमेरिकी पूर्वीय समयअनुसार मार्च १ दिउँसो १२ बजेदेखि मार्च २० दिउँसो १२ बजेसम्म अनलाइन दर्ता खल्ला हुन लागेको हो।
युएस सिटिजन्स एण्ड इमिग्रेसज सर्भिस (युएससीआईएस) का अनुसार अमेरिकाले यस्तो सुविधा पहिलोपटक प्रदान गर्न लागिएको हो।
के छ प्रकृया?
उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको थालनी हुन लागेको हो। पहिलोपटक अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत रजिस्ट्रेशन गर्न पाउने भएका छन्।
ब्याचलर डिग्री गरेकाका लागि ६५ हजारको कोटा रहेको छ भने अमेरिकामा मास्टर्स डिग्री गरेकाका लागि २० हजारको कोटा रहेको छ। तर अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले ६५ हजारको कोटामा समेत भाग लिन पाउने प्रावधान राखिएको छ।
अनलाईन फर्म दर्ता गर्न १० डलर शुल्क लाग्नेछ। यसपछि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ।
कामदार भिसाका लागि ईच्छुक आवेदकले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआईएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्ने छ। यसरी अनलाइन प्रणालीबाट छनोट भएकाको नाम मार्च ३१ मा सूचित हुनेछ।
पूर्ण जानकारीका लागि युएससीआईएस
https://www.uscis.gov/news/alerts/initial-h-1b-registration-period-opens-noon-eastern-march-1
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया