देखापढी
आँपको सिजन (मौसम) शुरू हुँदै थियो। रुखमा आँप फल्ने छाँटकाँट पनि राम्रै थियो। आँप अपेक्षाअनुसार नै लटरम्म फल्यो। किसानहरू निकै खुशी थिए, यसपटक मनग्य आम्दानी गरिन्छ भनेर। गत वर्षभन्दा यो वर्ष बढी आँप फल्ने सिजन पनि भएकाले किसान खुशी हुनु स्वाभाविक नै हो। तर, बढ्दो कोरोना भाइरस संक्रमणको जोखिमलाई लिएर सरकारले ११ चैतमा लकडाउन घोषणा ग¥यो। त्यही लकडाउन आँप किसानका लागि ठूलो चिन्ताको विषय बन्यो र उनीहरूको सपनालाई तहसनहस बनाइदियो।
आँपको राजधानी भनेर प्रदेश २ का सिरहा र सप्तरीलाई मानिन्छ। सिरहा–७ इमली चोकका आँपका किसान राजकुमार दास भन्छन्, “५ विघा जमिनमा ७ लाख रूपैयाँ आँप खेतीमा लगानी गरेँ, तर गतहप्तासम्म करीब दुईलाखको आँप मात्र बिक्री भयो।” “यसपटक २० लाख आम्दानी गर्ने लक्ष्य थियो, ठूलो घाटा लाग्यो” उनी भन्छन्, “बोटमै आँप पाक्न थाल्यो, बगैंचामा व्यापारी किन्न जाँदैनन्, बजारमा मान्छे आउँदैनन्।”
दासले माल्दह, बमई, आम्रपाली, कलकत्तिया लगायतका आँप खेती गरेका थिए। बोटमा कति आँप त किराले खाएर सखापै बनाएको उनको भनाइ छ। यसवर्ष किसानको आँप पहिले नै ठेक्कामा लिइसकेका व्यापारीहरूले घाटाको डरले आँप लिन मानेनन्। इच्छुकले पनि कम मूल्यमा किन्न खोजेको किसानहरू बताउँछन्। सिरहाकै कर्जन्हा ११ का आँप व्यवसायी नरेश महतोले यसपटक आफूहरू ठूलो मारमा परेको बताए।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया