संवैधानिक नियुक्ति अड्केको अड्क्यै

संवैधानिक नियुक्ति अड्केको अड्क्यै

सुरेन्द्र काफ्ले

अख्तियारका तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यात २०७४ माघ २९ गते अवकाश भए। घुस खाएको आरोप लागेपछि अर्का आयुक्त राजनारायण पाठकले २०७५ फागुन ३ मा राजीनामा दिए । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको आरोप पाठकलाई लागेको छ।

बस्न्यातविरुद्ध ललिता निवास जग्गा प्रकरण र पाठकविरुद्ध घुस काण्डलाई विशेष अदालतमा मुद्दा चलिरहेको छ। अख्तियारमा प्रमुख आयुक्त र चार आयुक्त रहने संवैधानिक व्यवस्था छ। हाल प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्तहरू डा. गणेशप्रसाद जोशी र डा. सावित्रा गुरुङ थापा मात्रै कार्यरत छन्। दुई आयुक्तको पद लामो समयदेखि रिक्त छ।

 निर्वाचन आयोगमा दुर्ई आयुक्त पद १५ महिनादेखि रिक्त छन्। ईला शर्मा र सुधीरकुमार शाहको अवकाशपछि नयाँ नियुक्ति नभएको हो। शर्मा २०७५ चैत ११ मा र शाह २०७५ चैत २८ मा पदमुक्त भएका थिए।

प्रकाशित मिति: Jul 09, 2020 07:43:29

प्रतिक्रिया दिनुहोस