आइतबार, ०७ सेप्टेम्बर २०२५

रोल्पा नगरपालिकाले निर्माण गर्‍याे ५० बेडको 'आइसोलेसन सेन्टर'

News Image
• • •

रोल्पा नगरपालिकाले ५० बेडको आइसोलेसन सेन्टर निर्माण गरेको छ।

मापदण्डभित्र रहेर सहिद प्रतिष्ठान साततालेको भवनमा आइसोलेसन सेन्टर निर्माण गरेको हो। नगरपालिकाले हाल केही अक्सिजन सिलिन्डर भएता पनि अपुग भएपछि तत्काल थप अक्सिजन सिलिन्डर पुर्तिका लागि पहल गर्नेसमेत निर्णय गरेको छ।

संक्रमण रोकथामका लागि विदेश तथा अन्य बाहिरी जिल्लाबाट आउने नागरिकहरुको तथ्यांक संकलन गर्ने र उनीहरुलाई कम्तीमा १० दिनसम्म होम क्वारेन्टाइन अथवा वडाले तोकेको स्थानमा क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन निर्देशन दिएको नगर प्रमुख पुर्ण केसीले बताए। 

संक्रमणको समयमा वडाका जनप्रतिनिधिहरु निरन्तर जनताको सेवामा खटिन नगर–कार्यपालिकाले निर्णय गरेको छ। यस्तै टोलविकास संस्थाहरुलाई सचेत बनाई कृयाशिल बनाउन समेत पहल थाल्ने निर्णय गरेको हो। 



बिरामी बोक्ने एम्बुलेन्सले रोल्पामा नून ओसार्छ 

जलजलामा ढकमक्क लालीगुराँस [फाेटाे फिचर]

जापानको सुख सयल त्यागेर थबाङीको उपचारमा खटिएका डाक्टर 

राजा हेर्ने रहरः तीन दिन हिँडेर काठमाडौंसम्म

म्यान्मारको सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन

बुधबार, बैशाख २२, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)