विक्रमवीर थापा
                                अफगानी सेना र विद्राेही समूह तालिबानबीच अफगानिस्तानमा डरलाग्दो युद्ध चलिरहेको छ। तालिबानले दिनहुँ देशभर कब्जा जमाइरहेकाे छ।
तालिबानलाई पाकिस्तानले सहयोग गरिरहेको छ। अहिले तालिबान अफगानिस्तानमा फैलिरहेकाे बेला, पाकिस्तान पनि चम्किरहेको छ।
कश्मीरमा पाकिस्तानी आतंकवादीहरूकाे उस्तै आतंक छ। मभित्र भने सन् १९९९ काे कारगिलमा युद्ध भएको सम्झना हुँदैछ– कारण पाकिस्तानले कश्मीरमा आतंकवादीहरू पठाइ, भारतमा आतंकवादको आगो दन्काउन खोजिरहेको थियो। जो अहिले पनि यथावत् छ। भविष्यमा पनि भइरहने छ।
उबेला आँगोमा घिउ हाल्न अफगानिस्तानबाट आतंकवादीहरू आएका थिए। आगो दन्काउन लागे पनि त्यसबेला भारतीय सेनामा भएका सबै समुदायका सैनिकहरूले मिलेर त्यो आगोलाई निभाइदिएका थिए।
फाैजकाे मनोबल बलियो पार्न भारतीय मिडियाहरूले सैनिकहरूलाई सहयाेग गरे। जनताले पनि उतिकै साथ दिए।
०००
यीनै विषयहरूलाई लिएर मभित्र तैलचित्र चित्राकंन गर्ने रहर पलायाे। अनि युद्धमा भारत विजय भएपछि तैलचित्र चित्रांकित पनि गरेँ। मैले नाम दिएँ– कारगिल युद्ध- १९९९। यो तैलचित्र  101 Area HQ, Shillong को RHINO Heritage Museum मा सजाउन भनी हेडक्वार्टरका जनरलमा विन्ति-पत्र चढाएँ। फलस्वरूप सो संग्रहालयमा मेरो तैलचित्र सजियो तर धेरै दिन राखिएन। निकाल्लियो। मैले यसप्रति ध्यान पनि दिइनँ।
धेरै वर्ष बित्यो। फेरि मैले तैलचित्र चित्रांकित गरेँ। यस तैलचित्र कतै भारतको राष्ट्रिय संग्रहालयमा सजिनसक्छ कि भनी पीएमओमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीमा विन्ति-पत्र चढाएँ। चढाउनुअघि मैले 'भारतीय गोर्खा परिसंघ'का तत्कालीन उपाध्यक्षसँग तैलचित्र विषयक कुरा गरेको थिएँ।
तैलचित्र हामी गोर्खाहरूको एकमात्र राष्ट्रियस्तरको परिसंघको माध्यमबाट भारत सरकारमा पुगोस् भन्ने काम गरेँ। यसबारे मिडियामार्फत् तैलचित्रको प्रचार-प्रसार हाेस् भनेर जी–न्यूजका प्रधानसम्पादक सुधीर चौधरीलाई समेत पत्र पठाएको थिएँ। तर कतैबाट पनि सहयोग नपाएपछि आफैले प्रधानमन्त्री माेदीलाई पत्र लेख्नु परेको हाे।
यी समंग्र विषय मैले आफ्नो आत्मजीवनी 'कारगिल युद्ध-१९९९'मा वर्णन गरेकाे छु। तर दु:खद पक्ष– एकाध गोर्खा छाडेर अरू सबै गोर्खाहरूले साहित्य कहाँ मन पराउँछन् र? तर मन पराउँछन् त अरू नै कुरा।

                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया